राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुख बिच भेटवार्ता


कात्तिक,९ लण्डन- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग भेटवार्ता गर्नुभएको छ।
बेलायती संसद भवनमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु कुराकानी भएको थियो। विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदान-प्रदान, भूपू गोर्खा सम्बन्धी विषयमा कुराकानी भएको हो।
‘बेलायती संसदको नेपाल प्रतिको सद्भाव, एक्यवद्धता एवं सहयोग दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका रहेको छ,’ भेटमा अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘नेपालका लागि बेलायती संसदीय समूहले नेपाल र बेलायतको सम्बन्धलाई थप सुदृढ बनाउन खेलेको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्न चाहन्छु।‘ उहाँले कोभिड महामारीका समयमा नेपाललाई सहयोग गर्ने विषयमा बेलायती संसदमा भएको छलफलको नेपाली जनताले स्मरण गरिरहेका बताउनुभयो।
अध्यक्ष तिमिल्सिनाले बेलायती सेनामा कार्यरत ब्रिटिश गोर्खाहरु नेपाल र बेलायतको सम्बन्धको एक महत्वपूर्ण कडी रहेका बताउँदै ब्रिटिस गोर्खाहरुका पेन्सन र क्षतिपूर्ति लगायतका विषयमा बेलायती सरकारसँग केही मागहरु रहेको स्मरण गर्नुभयो। उहाँले ती मागहरु सम्बोधनका लागि द्विपक्षीय वार्ता समिति गठन भइ वार्ताको तयारी भएकाले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो।
सो क्रममा तिमिल्सिनाले बेलायतमा रहेको नेपाली समुदायले बेलायत र नेपाललाई जनस्तरमा जोड्न महत्वपूर्ण योगदान रहेको बताउनुहुँदै बेलायती राजनीतिमा नेपाली मूलका बेलायतीहरुको समेत सहभागिता बढ्दै गएको उल्लेख गर्नुभयो।
भेटमा नेपालको तर्फबाट संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राजदूतावासका उपनियोग प्रमुख सहभागी हुनुहुन्थ्यो।
यसैबीच अध्यक्ष तिमिल्सिनाले सोमबार (२४ अक्टोबर २०२२) मा बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्मा लगायतका सांसदहरुसँग भेटघाट गर्नुभएको थियो। सो क्रममा उहाँहरुबीच दुई देशको संसदबीचको सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो। अध्यक्ष तिमिल्सिनाको सम्मानमा मैत्री समूहका अध्यक्ष शर्माले दिवाभोजको आयोजना समेत गर्नुभएको थियो।
अध्यक्ष तिमिल्सिना अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा भएको अन्तर व्यवस्थापिका संघको १४५औँ सम्मेलनमा (११-१५ अक्टोवर, २०२२) संघीय संसदको प्रतिनिधिमण्डल नेतृत्व गरी सहभागी हुनुभएको थियो।
सो सम्मेलन सम्पन्न भएपछि उहाँ गैरआवसीय नेपाली संघ तथा अन्तर्राष्ट्रिय पर्वत समाज लगायतका संस्थाको कार्यक्रमहरुमा सहभागी हुन बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण रहनुभएका थियो।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal