मनकारी बुद्धिमानको सहयोगमा, सर्मिलाको उपचार
काठमाडौं,८ कात्तिक– केही दिन पहिले काठमाडौं महानगरपालिकाले ठेला लगिदिएपछि बिच्छिप्त बनेकी सर्मिला तामाङको अनुहारमा यतिबेला भने खुसी छाएको छ ।
लमजुङ घर भइ काठमाडौं बस्दै आउनुभएकी ३४ वर्षीया सर्मिला उपचार गर्ने पैशा नहुदा उपचारको लागि पैशा जुटाउन थापाथली क्षेत्रमा ठेला राखेर त्यही ठेलामा पानीपुरी लगायतको सामग्री बेचेर आफ्नो उपचारको लागि पैशा संकलन गर्ने योजनामा ठेलाको साहरा लिन पुग्नुभएको थियो ।
महानगरीय प्रहरीले सर्मिलाको ठेला लगेपछि भने उहाँको चित्कारले सबैको ध्यान तानेको थियो । सर्मिलाले आफ्नो हातको पाखुरामा स्टिलको रड राखिएको र त्यही पाखुरामा राखिएको रड निकाल्नको लागि ठेलामा ब्यापार गर्दै आएकोमा भएको त्यही ठेला पनि नगर प्रहरीले लगेपछि आफ्नो आयआर्जन गर्ने सबै बाटो हराएको भन्दै भिन्नि सञ्चार माध्याम र सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारहरुले धेरैको मन छोएको थियो ।
सर्मिलाको आर्थिक अवस्था र हातको समस्याका बारेमा सामाजिक सञ्जालबाट थाहापाएपछि डा. बुद्धिमान श्रेष्ठले सर्मिलाको हातमा रहेको स्टिल निकाल्नको लागि आफुले सहयोग गर्ने भन्दै सामाजिक सञ्चालबाटै सम्पर्कको लागि आग्रहरु गर्नुभएको थियो ।

आफुले भने अनुसार श्रेष्ठले आफुले सञ्चालन गर्दै आएको कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्पिटलमा बिहीबार भर्ना गरेर शुक्रबार सर्मिलाको अप्रेसन गरेर पाखुरामा भएको स्टिलको रड निकालिएको छ । अर्थोपेडिक सर्जन डा. सविन पोखरेल नेतृत्वमा रहेको चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो ।
स्याङ्जा क्षेत्र नम्बर २ प्रदेशसभा ख बाट एमालेको तर्फबाट उम्मेद्वार समेत बन्नुभएका डा. बुद्धिमान श्रेष्ठले स्वास्थ्य उपचारको लागि एउटा ठेलाको सहारामा संघर्ष गरिरहेकी महिलाको दयनीय अवस्था देखेपछि मानविय भावनाले सहयोग गरेको बताउनुभयो । सर्मिलाको सम्पूर्ण उपचार निशुल्क गरिएको र सोमबार डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















