मनकारी बुद्धिमानको सहयोगमा, सर्मिलाको उपचार


काठमाडौं,८ कात्तिक– केही दिन पहिले काठमाडौं महानगरपालिकाले ठेला लगिदिएपछि बिच्छिप्त बनेकी सर्मिला तामाङको अनुहारमा यतिबेला भने खुसी छाएको छ ।

लमजुङ घर भइ काठमाडौं बस्दै आउनुभएकी ३४ वर्षीया सर्मिला उपचार गर्ने पैशा नहुदा उपचारको लागि पैशा जुटाउन थापाथली क्षेत्रमा ठेला राखेर त्यही ठेलामा पानीपुरी लगायतको सामग्री बेचेर आफ्नो उपचारको लागि पैशा संकलन गर्ने योजनामा ठेलाको साहरा लिन पुग्नुभएको थियो ।

महानगरीय प्रहरीले सर्मिलाको ठेला लगेपछि भने उहाँको चित्कारले सबैको ध्यान तानेको थियो । सर्मिलाले आफ्नो हातको पाखुरामा स्टिलको रड राखिएको र त्यही पाखुरामा राखिएको रड निकाल्नको लागि ठेलामा ब्यापार गर्दै आएकोमा भएको त्यही ठेला पनि नगर प्रहरीले लगेपछि आफ्नो आयआर्जन गर्ने सबै बाटो हराएको भन्दै भिन्नि सञ्चार माध्याम र सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारहरुले धेरैको मन छोएको थियो ।

सर्मिलाको आर्थिक अवस्था र हातको समस्याका बारेमा सामाजिक सञ्जालबाट थाहापाएपछि डा. बुद्धिमान श्रेष्ठले सर्मिलाको हातमा रहेको स्टिल निकाल्नको लागि आफुले सहयोग गर्ने भन्दै सामाजिक सञ्चालबाटै सम्पर्कको लागि आग्रहरु गर्नुभएको थियो ।

आफुले भने अनुसार श्रेष्ठले आफुले सञ्चालन गर्दै आएको कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्पिटलमा बिहीबार भर्ना गरेर शुक्रबार सर्मिलाको अप्रेसन गरेर पाखुरामा भएको स्टिलको रड निकालिएको छ । अर्थोपेडिक सर्जन डा. सविन पोखरेल नेतृत्वमा रहेको चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो ।

स्याङ्जा क्षेत्र नम्बर २ प्रदेशसभा ख बाट एमालेको तर्फबाट उम्मेद्वार समेत बन्नुभएका डा. बुद्धिमान श्रेष्ठले स्वास्थ्य उपचारको लागि एउटा ठेलाको सहारामा संघर्ष गरिरहेकी महिलाको दयनीय अवस्था देखेपछि मानविय भावनाले सहयोग गरेको बताउनुभयो । सर्मिलाको सम्पूर्ण उपचार निशुल्क गरिएको र सोमबार डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal