स्याङ्जामा चुनावी सरगर्मी बढ्यो
वालिङ,८ कात्तिक– मंसिर ४ गते हुने प्रतिनिधि सभार र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै जादा जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
राजनीतिक दलहरु उम्मेद्वारी दर्ता गराए संगै मतदाताको घरघरमा पुगेर मत माग्ने कामलाई तिब्र पारेकाछन् । भने चुनावी माहोलले नेता देखि कार्यक्रतालाई यतिबेला तताएको छ ।
दलहरु आफ्ना उम्मेदवाहरुलाई जनताको घर दैलोमा लगेर मतादाता संग भेट्घाट गराउनुका साथै विकास निर्माण बिभिन्न आस्वासनहरु बाढिरहेकाछन् भने मतदाताहरुले आफ्ना आवश्यक्ताका बारेमा उम्मेद्वारहरुलाई बताउने गरेकाछन् ।
जिल्लामा मुख्य गरी नेकपा एमाले गठबन्धन बिच मुख्य प्रतिस्पर्दा हुने देखिन्छ भने केही युवा उम्मेदवारहरुले मुख्य दललाई चुनौती दिएकाछन् ।
दुई ठुला पार्टी नेकपा एमाले र नेपाली कांग्रसका केन्द्रीय स्तरका नेताको उम्मेद्वारीले पनि यस निर्वाचनको माहोललाई थप तताएको देखिन्छ । नेकपा एमाले सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभासदस्यको लागि उम्मेद्वारी दिनुभएको छ, भने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएपछि यस क्षेत्रको निर्वाचनलाई निकै चासोको रुपमा हेरिएको छ ।
एमाले नेतृ पद्मा अर्यालले आफ्ना अधुरा योजना पुरा गर्नुका साथै सुखि नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्न आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ भने कांग्रेस नेता धनराज गुरुङले भ्रष्टाचार रहित समाज निर्माका साथै देशको विकासका लागि आफु जनतामाझँ आएको बताउने गर्नुभएको छ ।
केन्द्रीय स्तरका नेताहरु एउँटै चुनावी मैदानबाट प्रतिस्पर्धा गरिरहदा कार्यक्रताहरु भने आरोप प्रत्यारोपमा उत्रीएकाछन् । चुनावी प्रतिस्पर्धामा सहभागी भएपछि आआफ्ना एजेन्डा लिएर प्रचारप्रसारमा जानुपर्नेमा कार्यक्रताहरु एक अर्कालाई तल पार्ने कार्य गर्नमै तछाड्मछाड देखिन्छन् । यद्यपी उम्मेद्वारहरु सालिन रुपमा प्रस्तुत भएपनि कार्यक्रताहरुको प्रस्तुतीले भने निर्वाचनको पद्धतीलाई गिज्याइरहेको अनुभूती हुने गरेको छ ।
यसै गरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता एवं निवर्तमान संसद नारायण प्रसाद मरासिनी र नेपाली कांग्रेस जिल्ला सभापति राजु थापा प्रतिस्पर्धामा रहनुभएको छ ।
क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट टिकराज गुरुङ प्रतिनिधि सभासदस्यको उम्मेद्वारको रुपमा मतदाता संग भेटघाटमा ब्यस्त हुनुहुन्छ । उहाँले मतदाताले यसपटक आफ्नो मताधिकारको विबेक पूर्ण प्रयोग गर्नेमा आसावादी रहनुभएको छ ।
यसै गरी प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ क मा नेकपा एमालेको तर्फकाट सिता सुन्दास र गठबन्धनको तर्फकाट अमृता थापा प्रदेशसभा ख मा एमालेबाट सुधिर कुमार पौडेर र गठबन्धनको तर्फबाट बुद्धि बहादुर राना (कुमार) क्षेत्र नम्बर २ कमा एमालेको तर्पबाट मोहन रेग्मी नेपाली कांग्रेसको तर्फबाट भोजराज अर्याल र समाजवदीको तर्फबाट राम चन्द्र भट्टराई प्रदेशसभा ख मा एमालेबाट डा. बुद्धिमान श्रेष्ठ र कांग्रेको तर्फबाट महेश भट्टराईले उम्मेद्वारी दर्र्ता संगै मतदाताको घरघरमा पुगेर चुनावी अभियानलाई तिब्र पार्नुभएको छ ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















