पत्रकार महासंघको तालिम केन्द्र स्थपनाका लागि चुकेद्वारा जग्गा प्रदान
चितवन,५ कात्तिक– नेपाल पत्रकार महासंघ चितवन शाखाको बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्न नारायणगढ निवासी समाजसेवी बालगोपाल चुकेले जग्गा प्रदान गर्ने हुनुभएको छ ।
चुकेले आफ्नो बुबा अनन्तलाल चुके र आफ्नी आमा गंगादेवी चुकेको नाममा महासंघलाई नारायणगढ बजार नजिकैको १० धुर जग्गा निःशुल्करुपमा उपलब्ध गराउन आज (शुक्रबार) सम्झौता सम्पन्न भएको छ । सो जग्गाको बजार मूल्य रु एक करोड हाराहारी पर्ने बताइएको छ ।
जग्गा दाता चुके र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । महासंघको पदाधिकारीहरुको उपस्थितिमा भएको सम्झौतामा तीन महिनाभित्रमा जग्गा हस्तान्तरण गर्ने उल्लेख गरिएको छ । भरतपुर महानगरपालिका–३, बेलचोक नजिकै कृष्णमार्गमा रहेको चुके परिवारको जग्गा रहेको क्षेत्रमध्येबाट बालगोपालको नाममा रहेको जग्गा उहाँले महासंघलाई उपलब्ध गराउन लाग्नुभएको हो ।
यसअघिदेखि नै उहाँले आफ्ना बुबा अनन्तलाल चुके र आमा गंगादेवी चुकेको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ । जग्गा प्राप्त भएसँगै सो पुरस्कारलाई महासंघले निरन्तरता दिने सम्झौतामा उल्लेख गरिएको छ । सो जग्गासँगैको करिब दुई कठ्ठा सार्वजनिक जग्गा भरतपुर महानगरपालिकाले यसअघिनै संरक्षणका लागि महासंघलाई दिने निर्णय गरिसकेको छ ।
शाखा अध्यक्ष अधिकारीकाअनुसार चुकेले प्रदान गर्ने जग्गामा भवन र सार्वजनिक जग्गामा पार्किङ, उद्यान निर्माण गरिनेछ । जग्गा प्राप्त भएसँगै विस्तृत अध्ययन प्रतिवेदन तयार गरी भवन निर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो । भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता भरतपुर महानगरपालिकाले जनाएको छ भने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु ३० लाख बजेट विनियोजन गरिसकेको छ ।
जग्गादाता चुकेले पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै आर्थिकरुपमा सक्षम बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले बुबाआमाको नाममा जग्गा दिने निर्णय गरेको बताउनुभयो । उहाँ चितवनका सामाजिक व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।
महासंघले यसअघि बाइपास सडकमा महानगरपालिका मार्फत जग्गा लिन गरेको प्रयास सो जग्गा वनको भएसँगै रोकिएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















