ग्रामीण घरबास र आधुनिक कृषिका माध्यमबाट गाउँ सहरलाई जोड्ने योजनामा अनुसार अगाडि बढेकाछौ– एमाले सचिव अर्याल



वालिङ,५ कात्तिक– नेकपा एमाले सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले ग्रामीण पर्यटनको विकास संगै रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभएको छ ।

शुक्रबारदेखि वालिङ नगरपालिका १२ मा रहेको कोखे गाउँमा “ग्रामीण पर्यटनको विकास राष्ट्र, निर्माणको आधार” भन्ने नाराका साथ नवज्योति जनसेवा युवा क्लब वालिङ १२ कोखेद्वारा आयोजना गरिएको खेलकुद महोत्सवको उद्घाटन समारोहमा बोल्दै एमाले नेतृ अर्यालले ग्रामीण घरबास र आधुनिक कृषिका माध्यामबाट गाउँ र सहरलाई जोड्ने योजना अनुसार एमाले अगाडी बढेको समेत बताउनुभयो ।

स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधि सभासदस्य उम्मेद््वार पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले भन्नुभयो, “अहिलेको मुख्य समस्या भनेको बढ्दो बेरोजगारी हो र यसको समाधानका केही महत्वपूर्ण आधारहरु भनेको ग्रामीण भेगको विकास गरी त्यस क्षेत्रमा स्थानीय बासिन्दालाई एक दिगो रुपमा आयआर्जन गर्ने गरी उपयुक्त ठाउँहरुमा घरबास सञ्चालन गर्नुका सार्थ कृषिमा आधुनिकीकरणका माध्यामबाट धेरैभन्दा धेरै रोजगारीको सिर्जना गर्नु हो । यो अभियानमा नेकपा एमाले लागि परेको छ ।”
गाउँमा घरबास सञ्चालन र स्थानीय उत्पादनको प्रयोग गरेर घरबासमा आउने पाहुनाहरुलाई स्थानीय कला संस्कृतिको माध्यामबाट मनोरञ्जन दिलाएर आम्दानी गर्न सकिने उहाँको भनाइ थियो ।

स्याङ्जा जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा थप विकास र विस्तार गर्नको लागि सिर्कोटलाई अन्तराष्ट्रिय प्यारागलाईडिङ प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने र आँधिखोला क्षेत्रलाई आकाशे रग्ङशालाका रुपमा विकास गर्ने अर्यालको भनाइ थियो ।
सिर्कोटदेखि सिर्सेकोट हुदै अकलादेवी मन्दिर र सेतीबेणीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पदमार्गको काम सुरु भइसकेको र केही समय देखि रोकिएपनि त्यसलाई पुरा गरेर यस क्षेत्रमा घरबासका साथै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने समेत अर्यालले बताउनुभयो । सिर्सेकोटका ग्राीमण सडकहरुको स्तर उन्नतीका साथै सडक कालोपत्रे गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश निर्वाचन क्षेत्र नम्बर २ क का उम्मेद्वार मोहन रेग्मीले समग्र सिर्सेकोटका सडक, खानेपानीका साथै सुरुभएका अन्य कामहरु पुरा गर्ने बताउनुभो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट क्षेत्र नम्बर २ प्रतिनिधि सभासदस्यको उम्मेदवार रहनुभएका टिकराज गुरुङले अब जनताले नयाँ पार्टीलाई विश्वास गर्ने बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, नेकपा एमाले समानुपातिक उम्मेदवार हुमबहादुर गुरुङ, नेपाली कांग्रेस वालिङ नगरसभापति नेत्र पाण्डे, वालिङ नगरपालिका कार्यपालिका सदस्य भक्तबहादुर गोतामे, जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरिप्रसाद गुरुङ (मोहन) लगायतले बोल्नुभएको थियो ।

कात्तिक ४ गते देखि ९ गते सक्म सञ्चालन हुने महोत्सवमा करिव दश हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ रहेको छ ।

ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

२०८२ जेष्ठ २९ गते, बिहीबार

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

२०८२ जेष्ठ २८ गते, बुधबार

मुलुक पुरानो व्यवस्थामा नफर्कने

२०८२ जेष्ठ २८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal