बज्रेभञ्ज्याङ माविमा पढ्दै कमाउदै कार्यक्रम नमुना योग्यः नगरप्रमुख भट्टराई

गल्याङ,४ कात्तिक– गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले गल्याङ नगरपालिका ११ स्थित बज्रे भञ्ज्याङ माध्यामिक विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउदै कार्यक्रम नमुना योग्य रहेको बताउनुभएको छ ।
सैद्धान्तिक मात्रै नभएर व्यवहारिक ज्ञान विद्यार्थीको लागि आवश्यक हुन्छ भन्ने कुराको सन्देश बज्रे भञ्ज्याङ माध्यामिक विद्यालयको पढ्दै कमाउदै कार्यक्रमले दिएको नगरप्रमुख भट्टराईको भनाइ थियो । बालबालिकाको मनोभावनालाई बुझेर जीवन जीउनका लागि कृषि कर्म गर्नु पर्छ भन्ने सकरात्मक सोचको विकास यस कार्यक्रमले दिएको उहाँको भनाइ थियो ।

बिहीबार विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रम एक शैक्षिक संस्था एक उद्दम कार्यक्रमको प्रगति बिवरण सार्वजनिक कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख भट्टराईले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले १४० विद्यालय मध्य बज्रे भञ्ज्याङ माविले पनि आफूलाई पढ्दै कमाउदै कार्यक्रम पार्न र सफल रुपमा सञ्चालन गरेको प्रति धन्यवाद दिदै उत्पादित बस्तुको बजारीकरण गर्ने पक्षमा गल्याङ नगरपालिका लागि पर्ने कुरा बताउनु भयो ।
विद्यालयका कक्षा ६ देखि १० सम्म ६७ जना विद्यार्थीको सहभागितामा पढ्दै कमाउदै कार्यक्रम सञ्चालन भएको र यस कार्यले विद्यार्थीहरुमा हौसला थपिएको विद्यालयका प्रअ नेत्र प्रसाद गैह्रेले बताउनु भयो ।
विद्यार्थीहरुले १० वटा टनेल निर्माण गरेर बन्दा,काउली, टमटर,प्याज,धनिया लगायतका तरकारी उत्पादन गर्दै आएको र उत्पादित बस्तुहरु दिवा खाजा तथा अभिभावक र बजार सम्म पुग्ने गरेको र त्यसबाट राम्रो आम्दानी हुदै आएको समेत प्रअ गैह्रेले बताउनुभयो ।

गल्याङ नगरपालिका ११ का वडा अध्यक्ष एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका दल बहादुर सिंजालीले विद्यालयको यो कार्यक्रमा सबै क्षेत्रबाट सहयोग हुदै आएको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिव ढकाल, पशु सेवा शाखा प्रमुख शुशिल अर्याल,मोहन प्रसाद डुम्रे, कृषि सहजकर्ता लाल प्रसाद पंगेनी, विद्यालयका शिक्षक भोजराज भण्डारी, रेशम बहादुर राना लगायतले बोल्नुभएको थियो ।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















