ग्रामीण पर्यटन प्रवद्धनका लागि कोखे महोत्सव, आजदेखि सुरु हुदै


हिमलाल पराजुली
वालिङ,४ कात्तिक– ग्रामीण पर्यटन प्रवद्धनका लागि आयोजना गरिएको कोखे महोत्सव आजदेखि सुरु हुदैछ । वालिङ नगरपालिका १२ मा रहेको कोखे गाउँमा महोत्सवका माध्यामबाट ग्रामीण पर्यटनका विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक नवज्योति जनसेवा युवा क्लब वालिङ १२ कोखेले जनाएको छ ।

“ग्रामीण पर्यटनको विकास राष्ट्र, निर्माणको आधार” भन्ने नाराका साथ आज शुक्रबारदेखि महोत्सव सुरु हुन लागेको हो । महोत्सवको नेकपा एमाले सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक नवज्योति जनसेवा युवा क्लबले जनाएको छ ।

स्थानीय कला संस्कृतिको संरक्षका साथै खेलकुदको विकास एवं विस्तार संगै ग्रामीण पर्यटन र स्थानीय कृषिजन्य उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । कात्तिक ४ गते देखि ९ गते सक्म सञ्चालन हुने महोत्सवमा करिव दश हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ रहेको छ ।

महोत्सवमा बिभिन्न खेलकुद प्रतियोगिताका साथै सामुहिक नृत्य तथा स्थानीय कलाकारको प्रस्तुति, मौलिक पहिचान सहितको सोरठी, रेलीमै लगायतका बिभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत रहने आयोजकले जनाएको छ । खेलकुद तर्फ क्लब स्तरिय खुला भलिबल प्रतियोगिता, वडा भित्रका ३८ वर्षभन्दा माथि उमेरका लागि भेट्रान्स भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमलाई नगद रु १ लाख १ हजार रुपैँयाका साथै ट्र«फी, प्रमाणपत्र र मेडल दोस्रो हुनेलाई रु ६० हजार रुपैँयाका साथै ट्र«फी, प्रमाणपत्र र मेडल तेस्रो र चौथो हुने टिमलाई क्रमस नगद रु ३० हजार, रु १५ हजार र ट्र«फी, प्रमाणपत्र र मेडल प्रदान गरिने हुमराज गुरुङले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका १२ मा रहको कोखे गाउँमा होमस्टे समेत सञ्चालनमा आएको छ भने यहाँ आउने पर्यटकहरुलाई गाउँमै उत्पादन हुने स्थानीय परिकार द्वारा स्वागत गर्ने गरिन्छ । सिद्धार्थ राजमार्गको बायाँटारी देखि करिब १३ किलो मिटरको ग्रामीण सडकको यात्रा पार गरेर सुन्दर कोखे गाउँमा पुग्न सकिन्छ ।

यस अघि असोज १९ गते देखि २४ गते सम्म महोत्सव सञ्चालन गर्ने तयारी भएकोमा अन्तिम समयमा आएर विशेष कारण बस महोत्सव स्थगित हुन पुगेको थियो ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal