ग्रामीण पर्यटन प्रवद्धनका लागि कोखे महोत्सव, आजदेखि सुरु हुदै
हिमलाल पराजुली
वालिङ,४ कात्तिक– ग्रामीण पर्यटन प्रवद्धनका लागि आयोजना गरिएको कोखे महोत्सव आजदेखि सुरु हुदैछ । वालिङ नगरपालिका १२ मा रहेको कोखे गाउँमा महोत्सवका माध्यामबाट ग्रामीण पर्यटनका विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक नवज्योति जनसेवा युवा क्लब वालिङ १२ कोखेले जनाएको छ ।

“ग्रामीण पर्यटनको विकास राष्ट्र, निर्माणको आधार” भन्ने नाराका साथ आज शुक्रबारदेखि महोत्सव सुरु हुन लागेको हो । महोत्सवको नेकपा एमाले सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक नवज्योति जनसेवा युवा क्लबले जनाएको छ ।

स्थानीय कला संस्कृतिको संरक्षका साथै खेलकुदको विकास एवं विस्तार संगै ग्रामीण पर्यटन र स्थानीय कृषिजन्य उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । कात्तिक ४ गते देखि ९ गते सक्म सञ्चालन हुने महोत्सवमा करिव दश हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ रहेको छ ।

महोत्सवमा बिभिन्न खेलकुद प्रतियोगिताका साथै सामुहिक नृत्य तथा स्थानीय कलाकारको प्रस्तुति, मौलिक पहिचान सहितको सोरठी, रेलीमै लगायतका बिभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत रहने आयोजकले जनाएको छ । खेलकुद तर्फ क्लब स्तरिय खुला भलिबल प्रतियोगिता, वडा भित्रका ३८ वर्षभन्दा माथि उमेरका लागि भेट्रान्स भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमलाई नगद रु १ लाख १ हजार रुपैँयाका साथै ट्र«फी, प्रमाणपत्र र मेडल दोस्रो हुनेलाई रु ६० हजार रुपैँयाका साथै ट्र«फी, प्रमाणपत्र र मेडल तेस्रो र चौथो हुने टिमलाई क्रमस नगद रु ३० हजार, रु १५ हजार र ट्र«फी, प्रमाणपत्र र मेडल प्रदान गरिने हुमराज गुरुङले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका १२ मा रहको कोखे गाउँमा होमस्टे समेत सञ्चालनमा आएको छ भने यहाँ आउने पर्यटकहरुलाई गाउँमै उत्पादन हुने स्थानीय परिकार द्वारा स्वागत गर्ने गरिन्छ । सिद्धार्थ राजमार्गको बायाँटारी देखि करिब १३ किलो मिटरको ग्रामीण सडकको यात्रा पार गरेर सुन्दर कोखे गाउँमा पुग्न सकिन्छ ।

यस अघि असोज १९ गते देखि २४ गते सम्म महोत्सव सञ्चालन गर्ने तयारी भएकोमा अन्तिम समयमा आएर विशेष कारण बस महोत्सव स्थगित हुन पुगेको थियो ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















