भावी पुस्तालाई सम्मुनत नेपाल हस्तान्तरण गर्ने महाअभियानमाछौँ ः एमाले सचिव अर्याल


वालिङ,३ कात्तिक– नेकपा एमाले सचिव तथा स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधि सभासदस्य उम्मेदवार पद्मा अर्यालले भावी पुस्तालाई सम्मुनत नेपाल हस्तान्तरण गर्ने महाअभियानमा नेकपा एमाले रहेको बताउनुभएको छ ।

एमालेको यो अभियानलाई सहयोग गर्न समेत आम नेपाली जनतालाई आवहान समेत गर्नुभएको छ । सम्मुनत नेपाल निर्माणका लागि अहिले जनताको घरघरमा पुगेको भन्दै आफ्ना मन तथा मत दिएर यो महाअभियानमा सहभागि हुन समेत अर्यालले आग्रह गर्नुभयो ।

बिहीबार वालिङ नगरपालिका वडा नम्बर ५ र ७ को विभिन्न टोलहरुमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताको अभिमत दिएर विगतका वर्षमा धेरै काम भएको भन्दै केहि योजना परमादेशको सरकारले कुल्चिदिएको एमाले सचिव अर्यालको भनाइ थियो ।

मिर्दि भिमाद सडकका लागि छिटटै काम शुरु गरी राजमार्गको रुपमा विकास गर्ने समेत उहाले बताउनुभयो । कार्यक्रमा गण्डकी प्रदेशसभा क का उम्मेदवार मोहन रेग्मीले खानेपानी, सडकका योजनाहरु धेरै वर्तमान गठबन्धनको सरकार्ले काटिदिएको भन्दै यसको मुल्यांकन जनताले गर्ने बताउनुभयो ।

मिनाङकोटमा गरिएको कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरेर डिलबहादुर गुरुङ ((थकाली) एमालेमा प्रवेश गर्नुभएको नेकपा एमाले वालिङ नगर कमिटी सचिव यमकान्त खनालले जानकारी दिनुभयो । गुरुङलाई एमाले सचिव अर्यालले एमालेमा स् स्वागत गर्नुभएको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal