भावी पुस्तालाई सम्मुनत नेपाल हस्तान्तरण गर्ने महाअभियानमाछौँ ः एमाले सचिव अर्याल
वालिङ,३ कात्तिक– नेकपा एमाले सचिव तथा स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधि सभासदस्य उम्मेदवार पद्मा अर्यालले भावी पुस्तालाई सम्मुनत नेपाल हस्तान्तरण गर्ने महाअभियानमा नेकपा एमाले रहेको बताउनुभएको छ ।
एमालेको यो अभियानलाई सहयोग गर्न समेत आम नेपाली जनतालाई आवहान समेत गर्नुभएको छ । सम्मुनत नेपाल निर्माणका लागि अहिले जनताको घरघरमा पुगेको भन्दै आफ्ना मन तथा मत दिएर यो महाअभियानमा सहभागि हुन समेत अर्यालले आग्रह गर्नुभयो ।
बिहीबार वालिङ नगरपालिका वडा नम्बर ५ र ७ को विभिन्न टोलहरुमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताको अभिमत दिएर विगतका वर्षमा धेरै काम भएको भन्दै केहि योजना परमादेशको सरकारले कुल्चिदिएको एमाले सचिव अर्यालको भनाइ थियो ।
मिर्दि भिमाद सडकका लागि छिटटै काम शुरु गरी राजमार्गको रुपमा विकास गर्ने समेत उहाले बताउनुभयो । कार्यक्रमा गण्डकी प्रदेशसभा क का उम्मेदवार मोहन रेग्मीले खानेपानी, सडकका योजनाहरु धेरै वर्तमान गठबन्धनको सरकार्ले काटिदिएको भन्दै यसको मुल्यांकन जनताले गर्ने बताउनुभयो ।

मिनाङकोटमा गरिएको कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरेर डिलबहादुर गुरुङ ((थकाली) एमालेमा प्रवेश गर्नुभएको नेकपा एमाले वालिङ नगर कमिटी सचिव यमकान्त खनालले जानकारी दिनुभयो । गुरुङलाई एमाले सचिव अर्यालले एमालेमा स् स्वागत गर्नुभएको हो ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















