नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला फुटवल तर्फ फाइनलमा एपीएफ र पुलिस भिड्ने

वालिङ,१ कात्तिक– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्याङ्जाको वालिङमा जारी महिला फुटवल प्रतियोगितामा नेपाल पुलिस क्लब र एपीएफ क्लब फाइनल प्रवेश गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङ खेलमैदानमा सञ्चालित राष्ट्रिय महिला फुटवलमा मङ्गलबार सेमिफाइनलका खेल सम्पन्न भएको छ । सेमिफाइनल खेलमा पुलिसले प्रदेश १ र एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
मंगलबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई शुन्यका विरुद्ध तीन गोलको जीतसहित फाइनलको यात्रा तय गरेको हो ।

पुलिसका लागि जर्सी नम्वर ७ कि निर्मला विकको पासलाई सदुपयोग गर्दै जर्सी नम्वर ९ कि रेखा पौडेलले सुरुवाती गोल गरिन् । यसपछि १९ औं मिनेटमा निर्मला विकले बललाई कन्ट्रोलमा लिदै गोललाई दोव्वर पारिन् । यसबीचमा प्रदेश १ ले जवाफी गोलका लागि निकै प्रयास गरेपनि सफल हुन सकेन । २७ औं मिनेटमा प्रदेश १ कि अञ्जना थुलुङ राईको गोल गर्ने प्रयास पनि सफल हुन सकेन । यसैगरी ३२ औं मिनेटमा प्रदेश १ कि अनिता गुरुङको प्रयास पनि असफल भयो । यसपछि दोस्रो हाफपछि मैदान प्रवेश गरेकि जर्सी नम्वर १० कि निर्मला उपाध्यायले ८० औं मिनेटमा पुलिसका लागि तेस्रो गोलको योगदान गरिन् । यो गोलसँगै पुलिसले प्रदेश १ लाई शुन्यका विरुद्ध तीन गोलसहित फाइनलको यात्रा पक्का गरेको हो ।

यस्तै दोस्रो खेलमा एपीएफले आर्मीलाई शुन्यका विरुद्ध एक गोल गर्दै फाइनलमा पुगेको हो । खेलको सुरुदेखि नै दुवै टीम कडा प्रतिस्पर्धामा खेलेका थिए । आक्रामकरुपमा खेलेका दुवै टीमको पहिलो हाफ गोल रहित सकियो । यी दुवै टीमको प्रतिस्पर्धाले खेल हेर्ने दर्शकहरुलाई निकै उत्साही बनाएको थियो ।

मध्यान्तर पछिको ११ औं मिनेटमा जर्सी नम्वर ९ कि सावित्रा भण्डारीले प्रहार गरेको बलले जाली चुमेसँगै एपीएफले शुन्यका विरुद्ध एक गोलको अग्रता बनायो । सावित्राले गरेको गोल नै निर्णायक बन्न पुग्यो र एपीएफलाई फाइनलको यात्रा निश्चित गरेको हो ।

खेल प्रतिस्पर्धात्मक रहेपनि सुरुदेखि नै एपीएफले आर्मीलाई दवावमा पारेको थियो । आर्मीका तर्फबाट गोल गर्ने केही प्रयास भएपनि सफल हुन सकेन ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विजेता आर्मीले नवौं संस्करणमा पनि फाइनल खेल्ने सपना एपीएफले पुराहुन दिएन । अब एपीएफ र पुलिस क्लबले उपाधीका लागि कात्तिक ३ गते बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।

नगरपालिकाको दमकलले खेल मैदानमा पानी छेप्दै

एपीएफ र आर्मी भिड्दै

ताजा

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal