नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला फुटवल तर्फ फाइनलमा एपीएफ र पुलिस भिड्ने
वालिङ,१ कात्तिक– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्याङ्जाको वालिङमा जारी महिला फुटवल प्रतियोगितामा नेपाल पुलिस क्लब र एपीएफ क्लब फाइनल प्रवेश गरेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङ खेलमैदानमा सञ्चालित राष्ट्रिय महिला फुटवलमा मङ्गलबार सेमिफाइनलका खेल सम्पन्न भएको छ । सेमिफाइनल खेलमा पुलिसले प्रदेश १ र एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
मंगलबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई शुन्यका विरुद्ध तीन गोलको जीतसहित फाइनलको यात्रा तय गरेको हो ।

पुलिसका लागि जर्सी नम्वर ७ कि निर्मला विकको पासलाई सदुपयोग गर्दै जर्सी नम्वर ९ कि रेखा पौडेलले सुरुवाती गोल गरिन् । यसपछि १९ औं मिनेटमा निर्मला विकले बललाई कन्ट्रोलमा लिदै गोललाई दोव्वर पारिन् । यसबीचमा प्रदेश १ ले जवाफी गोलका लागि निकै प्रयास गरेपनि सफल हुन सकेन । २७ औं मिनेटमा प्रदेश १ कि अञ्जना थुलुङ राईको गोल गर्ने प्रयास पनि सफल हुन सकेन । यसैगरी ३२ औं मिनेटमा प्रदेश १ कि अनिता गुरुङको प्रयास पनि असफल भयो । यसपछि दोस्रो हाफपछि मैदान प्रवेश गरेकि जर्सी नम्वर १० कि निर्मला उपाध्यायले ८० औं मिनेटमा पुलिसका लागि तेस्रो गोलको योगदान गरिन् । यो गोलसँगै पुलिसले प्रदेश १ लाई शुन्यका विरुद्ध तीन गोलसहित फाइनलको यात्रा पक्का गरेको हो ।

यस्तै दोस्रो खेलमा एपीएफले आर्मीलाई शुन्यका विरुद्ध एक गोल गर्दै फाइनलमा पुगेको हो । खेलको सुरुदेखि नै दुवै टीम कडा प्रतिस्पर्धामा खेलेका थिए । आक्रामकरुपमा खेलेका दुवै टीमको पहिलो हाफ गोल रहित सकियो । यी दुवै टीमको प्रतिस्पर्धाले खेल हेर्ने दर्शकहरुलाई निकै उत्साही बनाएको थियो ।
मध्यान्तर पछिको ११ औं मिनेटमा जर्सी नम्वर ९ कि सावित्रा भण्डारीले प्रहार गरेको बलले जाली चुमेसँगै एपीएफले शुन्यका विरुद्ध एक गोलको अग्रता बनायो । सावित्राले गरेको गोल नै निर्णायक बन्न पुग्यो र एपीएफलाई फाइनलको यात्रा निश्चित गरेको हो ।

खेल प्रतिस्पर्धात्मक रहेपनि सुरुदेखि नै एपीएफले आर्मीलाई दवावमा पारेको थियो । आर्मीका तर्फबाट गोल गर्ने केही प्रयास भएपनि सफल हुन सकेन ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विजेता आर्मीले नवौं संस्करणमा पनि फाइनल खेल्ने सपना एपीएफले पुराहुन दिएन । अब एपीएफ र पुलिस क्लबले उपाधीका लागि कात्तिक ३ गते बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।
नगरपालिकाको दमकलले खेल मैदानमा पानी छेप्दै
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















