पछिल्लो चरणमा राजनैतिक संस्कार हराउदै गयो ः एमाले सचिव अर्याल
मोहन सुनार
वालिङ,३१ असोज– नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले चुनाव जित्नुमात्र निर्वाचनको सार्थकता नभएको बताउनुभएको छ ।
नेकपा एमाले वालिङ नगर कमिटीले सोमबार वालिङमा आयोजना गरेको बृहत युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत बन्नुभएकी नेतृृ अर्यालले चुनावले नागरिकको समस्या समाधान गर्न सक्ने नेतृत्व चयन गर्न सक्नुपर्ने बताउनुभएको हो । पछिल्लो चरणमा राजनैतिक संस्कार हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै नेतृ अर्यालले नेता र नेतृत्वले नागरिकको समृद्धिको लागि काम गर्नुपर्ने बताउनुभयो ।
चुनाव लक्षित विषयमा बोल्दै सचिब अर्यालले न्यायलयको सहारामा बनेको सरकारले दुई वर्षमा गरेको कुनै एउटै मात्र पनि नागरिकको लागि गरेको काम कुन छ ? प्रश्न गर्नुभयो । परमादेशको सरकारले नागरिकतालाई किराना पसलमा पाइने सामान जसरी बेच्न लागेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

स्याङ्जाको बिकासको लागि एमालेको कार्यकालमा छ अर्ब रुपैयाको बजेट बिनियोजन गरेको स्मरण गर्दै उहाँले अझै पनि बिपक्षीले एमालेले केही गरेन भन्ने लज्जास्पद टिप्पणी गरेको उल्लेख बताउनुभयो । आफुले नेपालको अतिक्रमित भुमिलाई नक्सामा समेटेर गरिमा वृद्धि गरेकोप्रती गर्व गरेर सबैको मिलेमतोमा देश बचाउन लाग्नुपर्नेमा देशको स्वाभिमानमा आँच आउने गरी सामाजिक सञ्जालमा नक्साप्रति अशोभनिय बिचार छरपस्ट पारेकोमा आपत्ती जनाउनुभयो ।
एमालेको काम र जनताप्रतिको अटुट बिस्वास देखेर न्यायालयलाई कब्जामा पारेर सरकार बनाए पनि गठबन्धनको सरकारले महङ्गी वृद्धि, सिमा विवाद बल्झाउने, नागरिकलाई आर्थिक भार बोकाउने लगायतका जनविरोधी काममात्र गरेको ठोकुवा गर्नुभयो । भौतिक निर्माण मात्र विकासको आधार नभएको उल्लेख गर्दै उहाँले युवाहरुलाई रोजगार,नागरिकका आधारभुत आवश्यकताहरुको सहज र सर्वसुलभ उपलब्धता, शिक्षा,स्वास्थ्य लगायतको प्रत्याभूति गराउन एमालेले नयाँ योजना बनाएको उल्लेख गर्नुभयो ।
गठबन्धनले आफ्ना कुनै योजना नभएकोले एमालेका गतिविधिहरुलाई निगरानी गर्दै गलत व्याख्या गरेको सचिव अर्यालको आरोप छ । सचिव अर्यालले एमालेको सरकारले गरेका समृद्धिका कामहरु नागरिक माझ जानू आवश्यक रहेको उल्लेख गर्नुभयो ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















