नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको वालिङमा सञ्चालित महिला फुटबलमा ३ खेल सम्पन्न
वालिङ,२८ असोज– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङ खेलमैदानमा सञ्चालित महिला फुटबल प्रतियोगिताको शुक्रबार ३ खेल भएका छन् ।
विभागीय टीम एपीएफ, गण्डकी प्रदेश विजयी भएका छन् भने तेस्रो खेल बराबरीमा टुंगिएको छ ।
पहिलो खेलमा विभागीय टीम एपीएफले प्रदेश नम्बर १ लाई १ का विरुद्ध ७ गोल गर्दै विजयी भएको हो । एपीएफका लागि सावित्रा भण्डारीले ६ गोल गर्नुभयो भने अनिता केसीले एक गोल गर्नुभएको थियो । प्रदेश नम्बर १ का लागि अन्जना थुलुङ राईले १ गोल गर्नुभयो ।
यसैगरी दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई शुन्यका विरुद्ध ३ गोलले हराएको हो । खेलको ३३ औं मिनेटमा शान्ता नेपालीले सुरुवाती गोल गर्नुभएको थियो । उदया थापाको दुई गोलसहित गण्डकीले शुन्यका विरुद्ध ३ गोल गरी जीत निकाल्न सफल भएको हो ।
खेलको धेरैजसो समय गण्डकीले कर्णाली प्रदेशलाई दवावमै राखेको थियो । गोल गर्ने केही प्रयास गरे पनि गोल गर्न नसक्दा कर्णाली प्रदेश पराजित हुन पुगेको हो । त्यस्तै आजको अन्तिम तथा तेस्रो खेल सुदुरपश्चिम र मधेस प्रदेश बीचको खेल बराबरीमा टुंगिएको हो । खेलको अन्तिम समयसम्म पनि दुवै प्रदेशका खेलाडिले कुनै पनि गोल नगरेपछि खेल गोलरहित टुंगीएको छ ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















