उपराष्ट्रपति पुनद्वारा नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

पोखरा,२८ असोज– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गर्नुभएको छ। पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उपराष्ट्रपति पुनले नवौं खेलकुदको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले खेलकुद उत्सवको सफलताको शुभकामना दिनुभएको छ। 

‘‘माछापुच्छ्रेको काख, फेवातालको किनार, रुपाताल, सेतीको किना र देशकै सुन्दर नगरी पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुसी र गर्व लागेको छ’’, उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले भन्नुभयो, ‘‘यही कात्तिक ३ गतेसम्म पोखरा र गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुन लागेको नेपाली खेलाडी र खेलप्रेमीको यो महान् उत्सव खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।’  

राष्ट्रिय खेलकुद ३९ वर्षपछि पोखरा फर्किएको हो । यसअघि २०४० सालको दोस्रो संस्करण तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र (पोखरा) ले आयोजना गरेको थियो । देश सङ्घीय संरचनामा गएपछि गण्डकी प्रदेशले पाएको यो पहिलो अवसर हो । प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले ६० करोड रुपियाँ बजेट दिएको छ । 

प्रतियोगिताको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घाटन गरेपनि प्रतियोगिताका कतिपय खेलहरु यसअघिनै सुरु भईसकेका छन् । शुक्रबारसम्म पदक तालिकामा आर्मी क्लब अगाडि छ । आर्मीले पाँच स्वर्ण, ६ रजत र सात कांस्य पदक जितेको छ । दोस्रो स्थानमा रहेको बागमती प्रदेशले चार स्वर्ण, तीन रजत र एक कांस्य जितेको छ । यस्तै एपीएफ क्लबले दुई स्वर्ण, चार रजत र सात कांस्य जितेको छ । पुलिस क्लब र सुदूर पश्चिम प्रदेशले एक एक स्वर्ण जितेको छ । 

कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । गण्डकी प्रदेशका आठ जिल्लाहरूमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न ३६ र दुई प्रदर्शनी खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरबाट ६ हजार १५७ खेलाडीले चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । 

यसैगरी चार सय चार नै रजत र ६ सय १ कांस्य पदकका लागि समेत ११ टोलीका खेलाडीबीच बलियो भिडन्त हुनेछ । प्रतियोगितामा सहभागी ११ टोलीहरूमा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रहेका छन् ।स्रोतःगोप

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal