स्याङ्जा गठबन्धनमा खटपट माओवादी केन्द्र र समाजवादीद्वारा उम्मेदवारी दर्ता

वालिङ,२३ असोज– यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सत्तारुढ दल गठबन्धन बनाएर निर्वाचनमा जाने सहमति भएपनि स्याङ्जामा भने गठन्धनमा विवाद आएको छ ।

गठबन्धनमा आवद्ध शिर्ष नेताहरुले केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको लागि सिठ बाड्फाड गरेपनि स्याङ्जामा भने विवाद भएपछि गठबन्धनमा आवद्धदल नेपाली कांग्रेस, एकीकृत नकपा र नेकपा समाजवादी विच उम्मेदवारको विषयमा विवाद हुदा आआफ्नै तरिकाले उम्मेदवारी दर्ता भएको छ ।

गठबन्धनको शिर्ष तहमा भएको सहमतिको निर्णय अनुसार स्याङ्जाको प्रतिनिधिसभा तर्फ दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारी दिने र प्रदेश तर्फ निर्वाचन क्षेत्र १ कमा एकीकृत माओवादी र निर्वाचन क्षेत्र नम्बर २ क मा नेकपा समाजवादीलाई दिने र बाकी रहेको प्रदेशसभा तर्फका निर्वाचन क्षेत्र नम्बर १ ख र निर्वाचन क्षेत्र नम्बर २ ख मा नेपाली कांग्रेसका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने सहमति भएपनि जिल्लामा यो सहमति कार्यानवयन नहुदा गठबन्धनमा आवद्ध दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएकाछन् ।

क्षेत्र नम्बर १ क मा नेकपा माओवादीको तर्फबाट अमृता थापा र क्षेत्र नम्बर २ क मा नेकपा समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले प्रदेशसभा सदस्यको लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता पश्चात संचारकर्मीहरु संग प्रतिकृया दिदै समाजवादीका जिल्ला अध्यक्ष भट्टराईले आफुहरु गठबन्धनको निर्णय अनुसार अगाडी बढेको बताउनुभयो । अन्य निर्णयका बारेमा आफुहरुलाई केही जानकारी नआएको उहाँको भनाइ थियो ।

नेकपा माओवादी र समाजवादीको भागमा परेका भनिएका दुवै क्षेत्र मा कांग्रेसको तर्फबाट क्रमस मेखलाल श्रेष्ठ र भोजराज अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ । जिल्लामा गठबन्धन आवश्यक नभएको र कांग्रेस एकलै निर्वाचन लड्नुपर्ने भन्दै कांग्रेस कार्यक्रताले दवाव दिदै आएका थिए ।

नेपाली कांग्रेसकाो तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएका कांग्रेस उपसभापति धनराज गुरुङले स्याङ्जा सहित केही जिल्लामा गबन्धनका बिच समस्या आएको बताउनुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ टिकराज गुरुङ र राप्रपाको तर्फबाट लालगोपाल अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्याल नेपाली कांग्रेस परित्याग गरेर केही दिन पहिले मात्रै राप्रपामा प्रवेश गर्नुभएको थियो ।


यसैगरी स्वतन्त्र तर्फ पनि उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवार दिनेमा सागर ढकाल रहनुभएको छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal