विजयादशमीको शुभकामना


सम्पादकीय

नेपालीहरुको महान चाड दसैँ आम नेपालीहरुले उत्साहाका साथै मनाइरहेकाछन् । उराठ बनेका गाउँबस्ती यतिबेला उत्साहले धपक्कै बलेकाछन् भने सबैमा खुसियाली छाएकोछ ।

२०७९ सालको दसैँ मनाउन देशविदेशबाट आ–आफ्नो जन्म थलोमा पुगेर एक आपसमा खुसी साटासाट गर्नुका साथै कर्मथलो र जन्म थलोका विच सामिप्यता गास्नुका साथै एक आपसमा आत्मियता साटासाट गर्ने कार्यले पनि अहिलको नयाँ पुस्तालाई आफ्नो परम्परा र रीतिरिवाजका बारेमा जन्ने अवसर यस पर्वले सिर्जना गरेकोछ । आआफ्नो कर्मथलो छाडेर गाउँघर फर्किने क्रम तीव्र छ । सडक, बजार, सार्वजनिक यातायातका क्षेत्रमा देखिएको मानिसको बाक्लो उपस्थितिले दसैँको रौनकलाई झनै बढाएको छ।

हिन्दुधर्मालम्बीहरुको महान चाडकारुपमा लिइने यस पर्वलाई हरेक नेपालीले निकै महत्वका साथै मनाउने गर्दछन् । धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा लिइने यस पर्वलाई असत्यमाथि सत्यले विजया प्राप्त गरेको धार्मिक तथा पौराणिक मान्यता रही आएको छ ।

दसैँमा विभिन्न शक्तिपिठहरुमा देवीको पूजाँ आराधना गर्नुका साथै नवरात्रिका नौ दिन सम्म दुर्गा भगवतीको पूजाआराधना गरिन्छ । नवरात्रिका नौ दिनमा मातृ शक्तिको पूजा गरिसकेपछि दसौँ दिनको दिन (विजयादशमी) विजयोत्सवका रूपमा मनाउनुका साथै आफुभन्दा ठुला मान्यजनहरुबाट रातो टीका र जमरा लगाउनुका सार्थ आशीवाद लिने चलन छ । विजयादशमीले सबैमा सुखशान्ति समृद्धिका सार्थ उत्तरउत्तोर प्रगती होस् । विजया दशमीको शुभकामना ।

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal