शैक्षिक वर्षकोरुपमा मनाउने तयारीमा आँधिखोला गाउँपालिका
वालिङ,१७ असोज– आँधिखोला गाउँपालिकाले यो वर्ष शैक्षिक वर्षकारुपमा मनाउने भएको छ । गुणस्तरीय शिक्षासहित मानवीय विकासलाई महत्व दिदै पालिकाले शैक्षिक वर्षकारुपमा मनाउने प्रतिज्ञा सहित तयारी गरेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो ।
आँफू निर्वाचित भएर आइसकेपछि पहिलो वर्ष शिक्षाको क्षेत्रमा स्तरवृद्धि गर्नुपर्छ भन्ने योजनाका साथ लागेको अध्यक्ष पौडेलले बताउनुभयो । यसका लागि पालिकाले सर्वे तयार गरिसकेको छ । कर्मचारी मिलान तथा विद्यार्थीको वस्तुगत अवस्था र भौतिक संरचनाका लागि पनि पालिकाले तयारी थालिसकेको छ । विज्ञसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरेर शैक्षिक स्तर वृद्धिमा लाग्ने योजना अगाडि सारेको अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ वटा विद्यालयमा टेण्डर भई भवन निर्माणको काम अगाडि बढाइएको छ । यसका साथै अन्य विकास निर्माणका कामलाई पनि सँगै लैजाने अध्यक्ष पौडेलको भनाई छ । उहाँले आँफू निर्वाचित भएको १ सय २० दिन पुगिसकेको र यो समयमा ग्रामिण सडक स्तर उन्नतिको काम अगाडि बढाइएकोसमेत जानकारी गराउनुभयो । करिव ५ सय मिटर ग्रामिण सडक ढलानसहित पीच गर्ने काम सम्पन्न भएको छ । बाँकि वडा नम्वर २ को २ ठाउँमा पनि काम अगाडि बढाइएको अध्यक्ष पौडेलले बताउनुभयो ।

यसैगरी सामान्य स्वास्थ्य उपचारका लागि पनि पोखरा जानुपर्ने वाध्यता रहेकाले पालिकास्तरीय अस्पतालको सेवा विस्तारको तयारी छ । सेतिदोभानमा रहेको पालिका स्तरीय सामुदायिक अस्पताललाई स्तर उन्नतिमा जोड दिइएको हो । यसका लागि कार्यविधि तयार गरेर सरोकारवालाहरुसँगको समन्वयमा डाक्टरको व्यवस्था गरिएको छ । सामुदायिक अस्पतालमा ल्याव टेक्निसियनसहितको सेवा दिने र विशेषज्ञ डाक्टरसेवा उपलव्ध गराउने तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।
भौतिक विकासले संरचनागत विकास त हुन्छ तर त्यो भन्दा पनि मानवीय विकासलाई महत्वकासाथ लिइएको अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो । युवाशक्तिलाई सीप विकाससँगै आय आर्जनसँग जोडेर आर्थिक विकासमा प्रोत्साहित गरिने कार्यक्रमलाई पालिकाले प्राथमिकतामा पारेको छ । विकासलाई आय आर्जन र समृद्धिसँग जोडेर विदेशिने युवाहरुलाई रोक्नका लागि भर्चुवल माध्यमबाट छलफल चलाइसकिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
अध्यक्ष पौडेलका अनुसार खेतियोग्य जग्गाको वर्गिकरण गरेर कृषि व्यवसायको प्रवद्र्धनमा जोड दिइने छ । कृषि उत्पादनमा आत्मनिर्भर उन्मुख गराई अनुदानलगायतका किसान प्रोसाहनका कार्यक्रमलाई तिब्रता दिइने छ ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















