शैक्षिक वर्षकोरुपमा मनाउने तयारीमा आँधिखोला गाउँपालिका

वालिङ,१७ असोज– आँधिखोला गाउँपालिकाले यो वर्ष शैक्षिक वर्षकारुपमा मनाउने भएको छ । गुणस्तरीय शिक्षासहित मानवीय विकासलाई महत्व दिदै पालिकाले शैक्षिक वर्षकारुपमा मनाउने प्रतिज्ञा सहित तयारी गरेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो ।

आँफू निर्वाचित भएर आइसकेपछि पहिलो वर्ष शिक्षाको क्षेत्रमा स्तरवृद्धि गर्नुपर्छ भन्ने योजनाका साथ लागेको अध्यक्ष पौडेलले बताउनुभयो । यसका लागि पालिकाले सर्वे तयार गरिसकेको छ । कर्मचारी मिलान तथा विद्यार्थीको वस्तुगत अवस्था र भौतिक संरचनाका लागि पनि पालिकाले तयारी थालिसकेको छ । विज्ञसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरेर शैक्षिक स्तर वृद्धिमा लाग्ने योजना अगाडि सारेको अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ वटा विद्यालयमा टेण्डर भई भवन निर्माणको काम अगाडि बढाइएको छ । यसका साथै अन्य विकास निर्माणका कामलाई पनि सँगै लैजाने अध्यक्ष पौडेलको भनाई छ । उहाँले आँफू निर्वाचित भएको १ सय २० दिन पुगिसकेको र यो समयमा ग्रामिण सडक स्तर उन्नतिको काम अगाडि बढाइएकोसमेत जानकारी गराउनुभयो । करिव ५ सय मिटर ग्रामिण सडक ढलानसहित पीच गर्ने काम सम्पन्न भएको छ । बाँकि वडा नम्वर २ को २ ठाउँमा पनि काम अगाडि बढाइएको अध्यक्ष पौडेलले बताउनुभयो ।

यसैगरी सामान्य स्वास्थ्य उपचारका लागि पनि पोखरा जानुपर्ने वाध्यता रहेकाले पालिकास्तरीय अस्पतालको सेवा विस्तारको तयारी छ । सेतिदोभानमा रहेको पालिका स्तरीय सामुदायिक अस्पताललाई स्तर उन्नतिमा जोड दिइएको हो । यसका लागि कार्यविधि तयार गरेर सरोकारवालाहरुसँगको समन्वयमा डाक्टरको व्यवस्था गरिएको छ । सामुदायिक अस्पतालमा ल्याव टेक्निसियनसहितको सेवा दिने र विशेषज्ञ डाक्टरसेवा उपलव्ध गराउने तयारी थालिएको गाउँपालिकाले जनाएको छ ।

भौतिक विकासले संरचनागत विकास त हुन्छ तर त्यो भन्दा पनि मानवीय विकासलाई महत्वकासाथ लिइएको अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो । युवाशक्तिलाई सीप विकाससँगै आय आर्जनसँग जोडेर आर्थिक विकासमा प्रोत्साहित गरिने कार्यक्रमलाई पालिकाले प्राथमिकतामा पारेको छ । विकासलाई आय आर्जन र समृद्धिसँग जोडेर विदेशिने युवाहरुलाई रोक्नका लागि भर्चुवल माध्यमबाट छलफल चलाइसकिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

अध्यक्ष पौडेलका अनुसार खेतियोग्य जग्गाको वर्गिकरण गरेर कृषि व्यवसायको प्रवद्र्धनमा जोड दिइने छ । कृषि उत्पादनमा आत्मनिर्भर उन्मुख गराई अनुदानलगायतका किसान प्रोसाहनका कार्यक्रमलाई तिब्रता दिइने छ ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal