बिरुवा गाउँपालिकाको नीतिगत निर्णय सार्वजनिक


गोपाल जिटी
वालिङ,१७ असोज– बिरुवा गाउँपालिकाले आँफ्नो सयदिनमा भएगरेका काम र आगामी योजनाहरु सार्वजनिक गरेको छ । गत भदौ ३१ गतेसम्म सम्पादित क्रियाकलाप र उपलव्धीसहित आगामी रणनीतिक योजनाहरु सार्वजनिक गरेको हो ।

पालिकाले नीतिगत निर्णयका साथै जन स्वास्थ्यलाई प्राथमिकता दिई थप व्यवस्थापन गरेको छ । पालिकाबासीको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर थप व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य चौकीहरुमा आवस्यक पदपूर्ति र प्रयोगशालासहित सामाग्री व्यवस्था गरी यही आश्विन २ गतेदेखि शुभारम्भ गरिएको पालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी गराउनुभयो ।

अध्यक्ष कुँवरका अनुसार बिरुवा स्वास्थ्य चौकिमा १, राङभाङ स्वास्थ्य चौकीमा ३, ओरष्टे स्वास्थ्य चौकीमा ४, किचनास स्वास्थ्य चौकीमा ५ र चिन्नेवास स्वास्थ्य चौकीमा ६ जना ल्याव असिस्टेण्ट दरवन्दीको पदपूर्ति गरिएको छ । यसका साथै आवस्यक सामग्रीकोसमेत व्यवस्थापन गरिएको छ । यसैगरी वडा नम्वर ८ को भीरकोट स्वास्थ्य चौकीलाई थप व्यवस्थापन गरिएको अध्यक्ष कुँवरले बताउनुभयो ।

सयदिनमा सम्पादन गरेका क्रियाकलापका साथै बिभिन्न नीतिगत निर्णयहरुसमेत पालिकाले गरेको छ । बिरुवा गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकिहरुमा प्रयोगशाला निर्माण गर्ने, सामुदायिक विद्यालयहरुमा नमूना बाल विकास केन्द्र स्थापना गर्ने, पालिकाभित्र रणनीतिक सडक पहिचान गर्ने आगामी रणनीतिक योजनाहरुमा उल्लेख गरिएको छ । यसैगरी प्रत्येक वडामा १÷१ वटा रणनीतिक सडक पहिचान गर्ने, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने र एक वडा एक पशु प्राविधिकको व्यवस्था गर्ने निर्णय सार्वजनिक गरिएको छ । आवस्यक ऐन नियम कार्यविधि निर्देशिकाहरु निर्माण गर्ने, कानून वमोजिम व्यवस्था भएका समितिहरु गठन गर्ने लगायतका नीतिगत निर्णयहरु भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्रथम प्राथमिकताको रणनीतिक सडकहरुसमेत किटान गरेको छ । राङभाङ सडकको लागि ५० लाख पालिकाको र ५० लाख प्रदेशको गरी १ करोड विनियोजन गरिएको छ । यसैगरी बहुवर्षे आयोजना छनौट र सञ्चालन गर्न प्रदेश सरकारसँग समन्वय गरिएको र छनौट प्रक्रिया अन्तिम चरणमा रहेको गाउँपालिकाले जनाएको छ । ५ वर्षे कार्यकालभित्र संघीय र प्रदेश सरकारसँग समन्वयमा बिरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकासमेतको सहकार्यमा २ लेनको सडक निर्माण गर्ने लक्ष्यकासाथ अगाडि बढाइएको छ ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal