वालिङमा कोसेली घर सञ्चालनमा
वालिङ,११ असोज– वालिङमा ‘कोसेली घर’ सञ्चालन गरिएको छ । वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ–आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याईएको हो ।
कोसेली घर शुभारम्भ गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले सबै मिलेर नगरको समृद्धि सम्भव रहेको बताउनु भयो । प्रत्येक परिवार आर्थिक रुपमा सवल र सक्षम हुनका लागि महिलाहरुको ठूलो भूमिका रहेको भन्दै उपप्रमुख तिवारीले सबै महिलाहरु अनिवार्य रुपमा उत्पादनमा जोडिनु पर्ने बताउनु भयो । उत्पादन र बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुहुँदै नगरउपप्रमुख तिवारीले कोसेली घर सञ्चालनका लागि आवश्यक बजेट तथा अन्य सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले वालिङमा महिला उद्यमीहरुको सक्रियता निक्कै उत्साहजनक रहेको बताउनु भयो । काम सानोबाट शुरु हुने भन्दै पौडेलले जति सक्दो धेरै उत्पादन गरेमा मात्रै कोसेली घर राम्रो र उत्कृष्ट हुने बताउनु भयो । वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुन प्रसाद खनालले उत्पादन अनुकुल वातावरण बनाउनका लागि सबै सक्रिय हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा महिला उद्यमी विकास समितिका उपाध्यक्ष मञ्जु केसी, सचिव तारा तिवारी,सदस्य मैय्यादेवी लम्साल लगायतले वालिङमा महिला उद्यमीहरुको अवस्था र उनीहरुको उत्पादनका बारेमा जानकारी गराएका थिए । वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत महिला उद्यमी विकास समितिको सक्रियतामा कोसेली घरको स्थापना गरिएको हो ।
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















