वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारसभा सम्पन्न, सहकार्यले मात्रै विकास निर्माणमा सफता ः एमाले नेतृ अर्याल


वालिङ,११ असोज– नेकपा एमालेकी सचिव एवं पूर्व मन्त्री पद्मा आर्यालले सहकार्य र सहमतिबाट मात्रै विकास निर्माणको कामले गति लिने बताउनुभएको छ ।

वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारसभा तथा आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले समग्र वालिङको विकासको लागि सबै राजनीतिक दलका साथै सबै क्षेत्रका व्याक्तिहरु एक भएर लाग्नुपर्ने कुरा बताउनुभएको छ । सबैको चाहाना देशको विकास गर्ने रहेकोले एक आपसमा विवाद भन्दा पनि सहमति र सहकार्यका साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । देशको विकासको लागि निजिक्षेत्रको ठुलो सहयोग रहेको बताउदै उद्योगी व्यापारी एवं व्यावसायीहरुका समस्यामा आफुहरुका तर्फबाट सक्दो सहयोग रहने पनि बताउनुभयो ।

वालिङ उद्योग वाणिज्य संघको नेतृत्व चयनमा व्यावसायीहरुले सहमतिका साथ जाने भन्ने कुराले आफुलाई खुसि लागेको बताउदै यस प्रकारको संस्कार अन्यत्र पनि आवश्यक रहेको बताउनुभयो । नेतृ अर्यालले वालिङ उद्योग वाणिज्य संघको नवनिर्मीत सचिवालय भवनको समेत उद्घाटन गर्नुभएको थियो ।

एक फरक प्रसंगमा एमाले सचिव समेत रहनुभएकी अर्यालले गठबन्धन सरकारले आफुहरुले सञ्चालन गरेका जिल्लाका धेरै योजनाहरुको कटौती गरेको बताउदै विकास निर्माणमा राजनीतिक आग्रह पूर्वाग्रह राख्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको गठबन्धन सरकारले आफुहरुको सरकारले सञ्चालन गरेका धेरै योजनाको बजेट कटौती गरेको छ । यसको हिसाब किताब जनताले खोजनुपर्छ ।” सडकका साथै खानेपानी र अन्य पूर्वाधार निर्माणका क्षेमा विनियोजन गरिएको बजेट काटनु दुखद भएको आर्यालको भनाइ थियो । नेपालको राजनीतिमा छिमेकी देशको बाछिटा परेको र यसले मूलुकलाई सधै अस्तीरता तर्फ धकेलने काम गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, नेपाली कांग्रेसका नगरसभापति नेत्र पाण्डे, नेकपा एकीकृत माओवादीका संयोजक प्रकाश न्यौपाने (किरण) लगायतले बोल्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal