समाज परिर्वतनमा शिक्षकको महत्वपूर्ण भुमिका हुन्छ ः पूर्व मन्त्री अर्याल
वालिङ,१० असोज– नेकपा एमाले केन्द्रिय सचि एवं पूर्व मन्त्री पद्मा अर्यालले समाज परिर्वतनका लागि शिक्षकहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन वालिङ नगर कमिटी द्वारा विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायतका पर्वहरुको अवसरमा आयोजित शुभकामना आदानप्रदानलाई सम्बोधन गर्दै अर्यालले सो कुरा बताउनुभएको हो ।
राष्ट्र निर्माणका लागि सक्षम नागरिक उत्पादन गर्ने स्थान विद्यालय भएकोले शिक्षकहरुले विद्यार्थीका माध्यमबाट समाजलाई सकरात्मक बाटोमा लौजान, समाजका विकृती र विसंगतीलाई हटाउन महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको र अब पनि समृद्धिको अगुवाइ पनि शिक्षकहरुले गर्नुपर्ने बताउनुभयो ।
चुनाव धेरै खर्चिलो बन्दै गएकोले दश वर्ष पछि पार्टीमा उम्मेदवार पाउँन समेत समस्या हुने अर्यालको भनाइ थियो ।
साथै फरक प्रसंगमा पूर्व मन्त्री अर्यालले गठबन्धन सरकारले देशलाई संकट तर्फ धकेलेको भन्दै सत्ता भागबण्डामा लिप्त रहेको गठबन्धन सरकारको आयु धेरै नभएको र यो गठबन्धन टुट्ने समेत बताउदै अब आउने मंसिर ४ गते हुने निर्वाचन व्याक्ति संग मात्रै नभएर देशको भविष्य संग जोडिएकोले यसको महत्वलाई बुजेर सोही अनुसार लाग्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, हुमबहादुर गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य यामबहादुर कुँवर, जिल्ला अध्यक्ष हिमलाल ढकाल, जिल्ला सचिव हिरा बहादुर गाहा, एमाले वालिङ नगर कमिटी सचिव यमकान्त खनाल, लोकबहादुर गुरुङ, लेखनाथ काफ्ले, चिरञ्जीवी अर्याल, रुपक खनाल लगायतले बोल्नुभएको थियो ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















