“प्रिय दुश्मन” लोकार्पण


वालिङ,१८ भदौ– वालिङमा काव्य लोकार्पण तथा विमर्श गरिएको छ । युवा साहित्यकार मिलन समीरद्वारा लिखित कविता सङ्ग्रह “प्रिय दुश्मन” को शनिबार एक कार्यक्रमका बीच लोकार्पण तथा विमर्श गरिएको हो । वालिङ ६ मिर्दीमा रहेको नेचुरल भ्युपोइन्ट रेष्टुरेन्टको सभाहलमा एक कायक्रमका बिच पुस्तक विमोचन गर्दै कवि तीर्थ श्रेष्ठले कविता लेख्न त्यति सजिलो नभएको बताउनुभयो ।

कतिपय कवितामा व्याख्या गरिएको हुने उल्लेख गर्दै कवि श्रेष्ठले कविता लेखिसके पछि कविको काम सकिन्छ र त्यसको व्याख्या गर्ने काम पाठकको रहेको समेत बताउनुभयो । नेपालमा राजनीति गर्ने र कविता लेख्ने काम सजिलो मानिन्छ तर कविताको रचना गर्नेकाम सोचे जस्तो सजिलो नभएको कवि श्रेष्ठको भनाइ थियो ।

मानिसले जीवनमा एक न एक दिन कविता नै नलेखेपनि कवितात्मकरुपमा गुन गुनाउँछ तर त्यो कविता नभएर अनुराग मात्र हुने उहाँले उल्लेख गर्नुभयो । कवि श्रेष्ठले मानिसमा चेतना अभिवृद्धिका साथै सामाजिक परिवर्तनमा ठुलो भूमिका खेल्ने बताउनुभयो । कविताको समिक्षात्मक टिप्पणी लक्ष्मण वियोगी र सञ्जिव पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा कमला अधिकारी, बालकुमार क्षेत्री, मनिषा कोइराला, भोजकुमारी पाण्डे, चिन्तु गिरी, लोकहरि पाण्डे, ध्रुव शर्मा, लेखनाथ काफ्ले लगायतले रचना वाचन गर्नुभएको थियो । वसन्त खनालको स्वागत सँगै सुरु भएको कार्यक्रम वाल साहित्यकार तथा वालिङ प्रज्ञा प्रतिष्ठानका संयोजक देविप्रसाद वनवासीको सभापतित्व र युवा साहित्यकार शम्भु अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal