यातायात शाखा कार्यालय स्याङ्जाद्वारा झण्डै ७ करोड राजस्व संकलन
हिमलाल पराजुली
स्याङ्जा,१७ भदौ– यातायात शाखा कार्यालय स्याङ्जाले ६ करोड ९७ लाख ९३ हजार ३३३ रुपैँया राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष ०७८÷०७९ मा कार्यालयले यातायातका साधनको रुट प्रमिट नविकरण, बिल बुक नविकर तथा सवारी जाचपास, सवारी कर, आयकरका साथै अन्य प्रशासकीय शुल्क बापत कार्यालयले सो राजस्व संकलन गरेको कार्यालका प्रमुख द्रोणप्रसाद पनेरुले जानकारी दिनुभयो ।
रुट प्रमिट नविकरण बापत १७ लाख २७ हजार ८८४ रुपैँया बिल बुक नविकर तथा सवारी जाचपास बापत २५ लाख ७७ हजार रुपैँया सवारी कर बापत ६ करोड १९ लाख ३ हजार २६९ रुपैँया आयकर बापत ४० लाख ९३ हजार १८० रुपैँया र अन्य प्रशासकीय शुल्क बापत १२ लाख २ हजार रुपैँया राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
स्याङ्जाको जिल्ला सदरमुकाम स्थित पुतलीबजारमा गण्डकी प्रदेश भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले २०७७ साल असोज २१ गते पूर्वाधार कार्यालय अन्तरगत रहने गरी यातायात शाखा कार्यालयको स्थापना गरेको थियो ।
जिल्लामा यातायातको शाखा कार्यालय स्थापना भए संगै जिल्ला बासिले सवारी साधनको कर तीर्नकै लागि पोखरा जानुपर्ने समस्याबाट मुक्ति पाएकाछन् । जिल्लामै आफ्नो सवारी साधनको कर तीर्न पाउदा निकै सहज भएको कालीगडकी गाउँपालिका ६ का विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । टाडाबाट कर तीर्नकै लागि पोखरा जादा निकै समस्या हुन्थ्यो अहिले त्यो समस्या छैन खुसी लागेको छ । न्यौपानेको भनाइ थियो । यसै गरी चापाकोट नगरपालिका १० का रेशम भट्टराई पनि जिल्लामै आफुले प्रयोग गर्दै आएको सवारी साधनको कर तीर्न पाएकोमा धेरै सहज भएको बताउनुहुन्छ । भट्टराईले भन्नुभयो, “पहिला राजस्व तीर्न पोखरा जानुपर्दा निकै समस्या हुन्थ्यो समयका साथै आउँदा जादा बढि खर्च लाग्थ्यो अहिले जिल्लामै कार्यालयको स्थापना संग कर तीर्न पाएपछि समयको बचत हुनुका साथै सहज रुपमा कर तीर्न पाएकाछौ ।”
जिल्लामा यातायात कार्यालयको शाखा कार्यालय स्थापना भएर कर तीर्ने व्यवस्था भए संगै न्यौपने र भट्टराई मात्रै नभएर जिल्ला बासिले निकै सहज महसुस गरेकाछन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















