सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध, डाइभर्सनमा पहिरो खस्यो

पाल्पा,१७ भदौ– सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ ।

अविरल वर्षाको कारण पाल्पा बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि राति १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो ।

डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई  ठाउँमा पहिरो खसेपछि सबारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले सडक डिभिजन कार्यालय पाल्पासँग समन्यवय गरी बाटो बनाउने पहल भइरहेको भए पनि अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सञ्चालन गर्ने गरी काम गरिने प्रहरीले बताएको छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal