यातायात शाखा कार्यालय स्याङ्जाद्वारा झण्डै ७ करोड राजस्व संकलन
हिमलाल पराजुली
स्याङ्जा,१७ भदौ– यातायात शाखा कार्यालय स्याङ्जाले ६ करोड ९७ लाख ९३ हजार ३३३ रुपैँया राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष ०७८÷०७९ मा कार्यालयले यातायातका साधनको रुट प्रमिट नविकरण, बिल बुक नविकर तथा सवारी जाचपास, सवारी कर, आयकरका साथै अन्य प्रशासकीय शुल्क बापत कार्यालयले सो राजस्व संकलन गरेको कार्यालका प्रमुख द्रोणप्रसाद पनेरुले जानकारी दिनुभयो ।
रुट प्रमिट नविकरण बापत १७ लाख २७ हजार ८८४ रुपैँया बिल बुक नविकर तथा सवारी जाचपास बापत २५ लाख ७७ हजार रुपैँया सवारी कर बापत ६ करोड १९ लाख ३ हजार २६९ रुपैँया आयकर बापत ४० लाख ९३ हजार १८० रुपैँया र अन्य प्रशासकीय शुल्क बापत १२ लाख २ हजार रुपैँया राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
स्याङ्जाको जिल्ला सदरमुकाम स्थित पुतलीबजारमा गण्डकी प्रदेश भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले २०७७ साल असोज २१ गते पूर्वाधार कार्यालय अन्तरगत रहने गरी यातायात शाखा कार्यालयको स्थापना गरेको थियो ।
जिल्लामा यातायातको शाखा कार्यालय स्थापना भए संगै जिल्ला बासिले सवारी साधनको कर तीर्नकै लागि पोखरा जानुपर्ने समस्याबाट मुक्ति पाएकाछन् । जिल्लामै आफ्नो सवारी साधनको कर तीर्न पाउदा निकै सहज भएको कालीगडकी गाउँपालिका ६ का विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । टाडाबाट कर तीर्नकै लागि पोखरा जादा निकै समस्या हुन्थ्यो अहिले त्यो समस्या छैन खुसी लागेको छ । न्यौपानेको भनाइ थियो । यसै गरी चापाकोट नगरपालिका १० का रेशम भट्टराई पनि जिल्लामै आफुले प्रयोग गर्दै आएको सवारी साधनको कर तीर्न पाएकोमा धेरै सहज भएको बताउनुहुन्छ । भट्टराईले भन्नुभयो, “पहिला राजस्व तीर्न पोखरा जानुपर्दा निकै समस्या हुन्थ्यो समयका साथै आउँदा जादा बढि खर्च लाग्थ्यो अहिले जिल्लामै कार्यालयको स्थापना संग कर तीर्न पाएपछि समयको बचत हुनुका साथै सहज रुपमा कर तीर्न पाएकाछौ ।”
जिल्लामा यातायात कार्यालयको शाखा कार्यालय स्थापना भएर कर तीर्ने व्यवस्था भए संगै न्यौपने र भट्टराई मात्रै नभएर जिल्ला बासिले निकै सहज महसुस गरेकाछन् ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















