स्याङ्जामा पुस्तकालय दिवश मनाइयो

स्याङ्जा,१६ भदौ– स्याङ्जामा पुस्तकालय दिवश मनाइएको छ । “पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने नाराका साथ १५ औँ पुस्तकालय दिवस जिल्लाका विभिन्न विद्यालयमा र भीरकोट नगरपालिकामा सबै कुरा छोडौँ पुस्तक पढौ कार्यक्रम गरेर मनाइएको छ ।

पुस्तकालयको माध्यमबाट पनि नानिबाबुको पठन सीप र पढ्ने बानीको विकास हुन्छ भन्ने उदेश्यका साथ राखिएको सो कार्यक्रमा सबैलाई एक एक थान पुस्तक उपलब्ध गराउनुका साथै पढ्ने समय समेत उपलब्ध गराइएको थियो । कार्यक्रममा पुस्तकको समिक्षा सुनाइएको थियो ।

कार्यक्रम स्याङ्जा जिल्लाका साक्षरता कार्यक्रम लागु भएका विद्यालयहरुमा र भीरकोट नगरपालिकामा मनाइएको थियो । रुम टु रिडले स्याङ्जा जिल्लाका ५ पालिका संग लागत साझेदारीमा ४४ विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोे छ ।

जिल्लामा सूर्योदय क्लबले कार्यक्रमको व्यवस्थापन गर्दै आएको छ । साक्षरता कार्यक्रममा कक्षा १ र २ मा नेपाली पठन सीप विकासको लागि बिभिन्न प्रकारका तालिम लगायतका कार्यक्रहरु सञ्चालन गर्नुका साथै पुस्तकालय मार्फत पढ्ने वानीको प्रवर्धन गरिन्छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal