जनसमर्थनकाे सहि सदुपयाेग हाेस

सम्पादकीय
नेपालकाे राजनीतिक इतिहासमा बहुदल आएपछि विभिन्न समयमा भएका निर्वाचनमा राजनीतिक दलहरुले आफूलाई जनता माँझ परीक्षण गर्दै आएका छन् र जनताले जसलाई देशकाे बागडाेर समाल्ने अनुमति दिन्छन् उसैले देशकाे शासनसत्ता समाल्नु कानून र विधिसंवत् कार्य पनि हाे।
नेपालमा पनि २०८२ भदाै २३,२४ मा भएकाे जेन्जी आन्दाेलन पछि गत फागुन २१ गते भएकाे निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व जनसमर्थन प्राप्त गरि आज साे पार्टीका वरिष्ठ नेता बालेन्द्र साह(बालेन) देशकाे प्रधानमन्त्री बन्दै हुनुहुन्छ। करिब दुई तिहाई सांसद सहि एकल सरकार बनाउने हैसियतमा पुर्याएका नेपाली जनताकाे आशा र अपेक्षा पनि साेहि अनुसारकाे रहेकाे छ।
स्थिर सरकार अनि सुशासन सहितकाे बढ्दाे जनअपेक्षा पूरा गर्नुका साथै छिमेकी एवं अन्तराष्ट्रिय समुदाय संग सन्तुलित नीति कायम राख्नु नै आज नियुक्त हुनुहुने प्रधानमन्त्री र उहाँले गठन गर्ने सरकारकाे दायित्व हुन आउँछ।
यहि अपेक्षा र विश्वासका साथ नेपाली जनताले रास्वपालाई पाँच वर्ष निर्धक्क भएर देशकाे शासनसत्ता सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवारी सुम्पिएकाछन् ।
जेन्जी आन्दाेलन पछि अभूतपूर्व जनसमर्थन सहित प्रधानमन्त्री बन्न लाग्नु भएका बालेन्द्र साहलाई सफल कार्यकालकाे शुभकामना।
ताजा
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
२०८२ चैत्र १३ गते, शुक्रबार
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
२०८२ चैत्र १३ गते, शुक्रबार
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह द्वारा शपथ ग्रहण
२०८२ चैत्र १३ गते, शुक्रबार
रास्वपा वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्रीमा नियुक्त
२०८२ चैत्र १३ गते, शुक्रबार
जनसमर्थनकाे सहि सदुपयाेग हाेस
२०८२ चैत्र १३ गते, शुक्रबार
प्रतिनिधिसभा सदस्यको सपथमा जे देखियो…
२०८२ चैत्र १२ गते, बिहीबार
जङ्गली भान्टामा टमाटरको कलमी
२०८२ चैत्र ११ गते, बुधबार
ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण : निष्पक्षता र पारदर्शितामा जोड
२०८२ चैत्र ११ गते, बुधबार
नदी उत्खननमा प्रयोग भएको १ जेसीबी सहित ४ ट्याक्टर प्रहरी नियन्त्रणमा
२०८२ चैत्र ११ गते, बुधबार
वालिङमा शिक्षक सुरुवामा आर्थिक चलखेल, भनेर सञ्जालमा लेखेका खनाले बुझाए स्पष्टीकरण
२०८२ चैत्र १० गते, मंगलवार





















