वालिङमा ओमकार इभेन्ट हब एक्स्पाे हुने

वालिङ,२७फागुन- वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ओमकार इभेन्ट हब फष्ट एक्स्पाे हुने भएकाे छ।

आज वालिङमा आयाेजित पत्रकार सम्मेलनमा चैत २६ गते देखि वैसाख २ गतेसम्म प्रथम ओमकार इभेन्ट हब फष्ट एक्स्पाेकाे आयाेजना गरिएकाे जानकारी गराइएकाे हाे।

नयाँ वर्ष २०८३ लाई लक्षित गरि कार्यक्रमकाे आयोजना गरिएको आयाेजक संस्था ओमकार इभेन्ट हबलेे जनाएकाे छ। एक्स्पोले आन्तरिक पर्यटनको प्रर्वद्धन गर्नुका साथै धार्मिक एवं ऐतिहासिक स्थलहरुको प्रचारप्रसारमा सहयाेग पुर्याउने

एक्स्पोका संयोजक विजय मल्लले बताउनुभयाे। नेपाली नयाँ वर्षलाई एउटा उत्सवको रुपमा मनाउने परम्पराको विकास गर्न एक्स्पाेकाे आयाेजना गरिएकाे मल्लले बताउनुभयाे।

कार्यक्रममा लागूऔषध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्नुका साथै मौलिक खाना, स्थानीय उत्पादन, गीतसंगीत एवं   विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने छ। ख्यातिप्राप्त व्याण्डहरुको लाईभ कन्सट समेत हुने छ भने

एक्स्पोमा कृषि तथा ताजा तरकारी प्रर्दशन, अदुवा, कफिको प्रर्दशनी, सूचना प्रविधिक तथा शैक्षिक प्रर्दशनी, खेल प्रतियोगिता, बाल उद्यान, अटोमोबाईल्स, पर्यटन मेला, हस्तकला प्रर्दशनी, टिकटक प्रतियोगिता, हरेक दिन विषेश सांगितिक कार्यक्रम, औद्योगिक व्यापार मेला हुने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे।

वालिङ खेलमैदानमा आयाेजना हुने कार्यक्रममा रु ७३ लाख खर्च हुने अनुमान गरिएकाे र खर्च कटाएर बचत भएकाे रकमले वालिङ खेलमैदान मर्मत गरिने आयाेजक संस्थाका प्रवन्धक नवराज पाैडेल जानकारी दिनुभयाे।

पत्रकार सम्मेलनमा मेलाका सहसंयाेजक बिजय बिक्रम खाँण नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप काेइराला लगायतले बाेल्नुभएकाे थियाे।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal