रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन, योगी विकाशानन्दज्यूबाट प्रवचन
वालिङ,२५ मङ्सिर–पाल्पाको रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याइएको छ । रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि रामघाट धाममा “जेष्ठ नागरिक स्कुल” सञ्चालनमा ल्याएको हो ।
पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यका साथ रामपुर–५ रामघाट धाममा स्कुल स्थापना गरी सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरी नगरपालिकाले बुधबारदेखि स्कुल सञ्चालन गरेको हो ।
जेष्ठ नागरिक स्कुल शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता र नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । नगर प्रमुख थापाले जेष्ठ नागरिकहरुको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उहाँहरुलाई सम्मान सहितको सक्रीय जीवन जिउने वातावरण निर्माण गर्न जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको बताउनुभयो । रोजगारीको शिलशिलामा सन्तानहरु परदेशमा हुँदा जेष्ठ नागरिकहरुको दैनिकीमा परेको समस्यालाई मध्यनजर गर्दै उहाँहरुमा खुशी ल्याउन जेष्ठ नागरिक स्कुलको अवधारणा अघि बढाइएको नगरप्रमुख थापाको भनाई छ । उहाँले भन्नुभयो, “सन्तानहरु रोजगारी तथा विभिन्न शिलशिलामा घर भन्दा बाहिर हुँदै गर्दा जेष्ठ नागरिकहरु निरस जीवन जिउनु पर्ने बाध्यता छ । आफ्ना दौंतरीसंँग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कुल स्थापना गरेका हौं ।” पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन बिताउने वातावरण स्कुलले प्रदान गर्नेछ । उहाँले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताउनुभयो । जेष्ठ नागरिकहरुलाई धार्मिक प्रवचन संँगै फुर्सदको समयमा बत्ती कात्ने, दुना टपरी बनाउने लगाएतका वातावरण निर्माण संँगै बजारीकरणका लागि प्रबन्ध मिलाईएको छ ।
यसैगरी उपप्रमुख बालकुमारी थापाले ‘पुस्तान्तरण सीप, हस्तान्तरण केन्द्र’ भन्ने अवधारणका साथ स्कुलको सुरुवात गरिएको बताउनुभयो । जेष्ठ नागरिक स्कुलमा नगर भित्रका विद्यार्थीलाई अध्ययनका लागि व्यवस्था समेत मिलाईएको छ । उहाँले स्कुलको दिगो सञ्चालन तथा व्यवस्थापनका आवश्यक साथ र सुझाव प्रदान गर्न आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले नगरपालिकाले स्कुल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटको समेत व्यवस्था गरेको बताउनुभयो । जेष्ठ नागरिकलाई आउन र जानका लागि बस सेवासमेत सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
यस अवसरमा दार्शनिक गुरु योगी विकाशानन्दज्यूले कार्यक्रममा उपस्थित जेष्ठ नागरिक, विद्यार्थीहरलाई प्रवचन समेत दिनु भएको थियो । साथै दार्शनिक गुरु योगी विकाशानन्द ज्यूको उपस्थितिमा आजदेखि रामघाटमा शारीरिक, मानसिक तथा आध्यात्म सम्बन्धी ३ दिवसीय आत्मा जागरण कार्यक्रम गरिने छ ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















