घरेलु हिंसाका घटनामा वृद्धि : इन्सेक

मधु पन्थी

पोखरा,१८ असार- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय,पोखराको आयोजनामा कास्की जिल्लाको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आइरहेको छ । आगामी अंक ३४ औँ संस्करण रहेको छ।

इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि कास्की  जिल्लामा सन् २०२५ को जनवरीदेखि १ देखि जुन २ सम्म अभिलेखीकरण गरेका  मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवाला बिच घटनाहरूको पुर्नपुष्टि र अभिलेख गर्ने क्रममा छुटेका घटनाहरू नछुटुन भन्ने उदेश्यले हरेक वर्ष दुई पटक ६/६ महिनामा सरोकारवाला बिच समीक्षा कार्यक्रम आयोजना गर्दै आएको छ।

गत वर्ष देखि नेपाल मानवअधिकार वर्ष पुस्तकमा वातावरणको अधिकारलाई प्राथमिकताका साथ स्थान दिईएको इन्सेक गण्डकी प्रदेश पोखराका संयोजक शिवप्रसाद खकुरेलले बताउनु भयो ।

इन्सेक कास्कीका प्रतिनिधि संजय रानाभाटले जिल्लामा २०८१ पुस १७ गतेदेखि ०८२ असारको दोस्रो सातासम्म १ सय १४  ओटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएको बताउनु भय‍ो ।

जसमा बालअधिकारहननका ९  ओटा घटना छन् । बालिका माथि बलात्कारका ७ ओटा र बालबालिकामाथि विद्यालयमा शारीरिक दण्डका २ ओटा घटना अभिलेखित भएका छन् । अमानवीय व्यवहार तथा दुर्व्यवहारका २ ओटा, कुटपिटका २ ओटा र हत्याको १ वटा घटना यस अवधिमा अभिलेख गरेको छ। यस्तै, जातीय विभेदको १ ओटा, महिला अधिकार सम्बन्धी घरेलु हिंसाका ९२ ओटा र महिलामाथि बलात्कारका ७ ओटा घटना इन्सेकले अभिलेख गरेको छ । 

गत वर्ष सन् २०२४ जनवरीदेखि डिसेम्बर सम्म ९३ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएका थिए । त्यस समयमा घरेलु हिंसाका घटना ५३ वटा मात्रै भएका थिए, जुन अहिले बढेर ९२ पुगेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले मानवअधिकार उल्लङ्घनका घटनाहरु न्यूनीकरण गर्नकालागि राजनैति दल, जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रहरी, मानवअधिकारकर्मी, सञ्चारकर्मी आमनागरिक सबैको साझा भूमिका रहेको बताउनु भयो ।  पीडितले न्याय अनुभूतिनगरे सम्म मानवअधिकारकर्मीको साथ र सहयोग निरन्तर आवश्यक पर्ने बताउदै नागरिक पनि सचेत हुनु पर्यो जाेड ।

 साथै इन्सेकले नागरिकको स्वास्थ्य, शिक्षा, वातावरण र अधिकारका सवालमा आवाज उठाउदै आएको उल्लेख्य  गर्दै आमनागरिक आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित भएकोले स्थानीय स्तरमा सचेतना र जागरणका कार्यक्रम संचालनमा जोड दिदै प्रशासन मानवअधिकार र नागरिक प्रति सधै जवाफदेही रहनेछ बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी  हरिबहादुर बस्नेतले प्रहरीले गम्भीर प्रक्रियाका घटनाहरूमा मिलामत्र गर्दैन, अभद्र व्यवहार र साइवर अपराधका घटनामा जिल्लामा मात्रै नभइ देशभर बढेको, सइबर अपराध सम्बन्धि बिधालय र समुदायमा जनचेतना सम्बन्धि कार्यक्रम संचालन गर्नुपर्ने बताउदै । पछिल्ला समय सामाजिक सञ्जालका कारण महिला र बालअधिकारका सवाल निकै सम्वेदनशील अवस्थामा पुगेको बताउनु भयो ।

राष्ट्रिय मानवअधिकार आयोग पोखराका अधिकृत टंकप्रसाद खनालले घटनाको अभिलेखिकरण तथ्याङसहित संकलन गर्नु महत्त्वपूर्ण विषय भएकोले मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका र अपराधका घटना छुट्याउनु पर्ने आवश्यक रहेको बताउनु ।

कार्यक्रममा फेडो गण्डकी प्रदेशका संयोजक ईश्वरी बिक, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल,  पत्रकार कमल पौडेल अथक, एलायन्स गण्डकीका अध्यक्ष बुद्धिबहादुर  थापा, अधिकारकर्मी बिमला गुरूङ, कृष्णमाया गुरूङ, गैसस गण्डकीका अध्यक्ष गोपाल खड्का लगायतले बिधालय, सार्वजनिक स्थान, सामाजिक सञ्जालका कारण महिला र बालअधिकारका सवाल निकै सम्वेदनशील अवस्थामा पुगेकोले सरोकारवाला निकाय यस्ता बिषयमा गम्भीर हुनु गर्नेमा जोड देखिन्छ। 

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रत्येक  फागुन महिनाको ७ गते प्रकाशन हुदै आएको छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal