ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

वालिङ,२३ चैत- अर्जुनचाैपारी गाउँपालिकामा रहेकाे ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लिमिटेड  गण्डकी प्रदेश मै उत्कृष्ठ सहकारी संस्थाकाे रुपमा घोषणा  भएकाे छ। ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासघंले साना किसान कृषि सहकारी मार्फत कृषि,पशुपन्छी क्षेत्र एवं सुक्ष्म बित्तिय क्षेत्रको ग्रामीण भेगमा रहेका सदस्य किसानको जीवन रुपान्तरण र आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थालाई गण्डकी प्रदेश बाट सर्बोत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गर्ने घोषणा गरेको हाे। 

गण्डकी प्रदेश मै उत्कृष्ठ सहकारीकाे रुपमा घाेषणा भइ पुरस्कृत हुने अवसरले आफुहरुलाई सहकारी अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न हाैसला मिलेकाे संस्थाका सल्लाहाकार चिनुमाया गुरुङले बताउनुभयाे। 

संस्थालाई पुरस्कार  प्राप्त गर्ने अवस्थासम्म ल्याइपुर्याउन सहयोग गरेकाेमा संस्थाका शेयर सदस्य, संचालक, कर्मचारी लगायत सबैजनालाई संस्थाका प्रवन्धक शालीग्राम काफ्लेले धन्यवाद दिनुभएकाे छ।

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal