स्याङ्जा सहयोग समाजको आयोजनामा वालिङमा भलिबल प्रतियोगिता सुरु

वालिङ,२ कात्तिक- स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
वालिङ खेलमैदानमा अयोजित स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ को
उद्घाटन गर्दै गण्डकी प्रदेश सभासदस्य एवं अर्थ विकास समितिका सभापति भोजराज अर्यालले स्याङ्जा सहयोग समाजले आयोजना गरेको प्रतियोगिताले खेलाडीहरुर खेल प्रेमिहरुका लागि निकै महत्पूणर् अवसर प्र्रदान गरेको बताउदै रोजगारीको शिल्शिलामा विदेशमा रहेर पनि जिल्लाको विकासका लागि खेलको भूमिका निकै महत्वपूणर् रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य कल्पना तिवारी, पूर्व प्रदेश सभासदस्य मोहनप्रसाद रेग्मी, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आज उद्घाटनसँगै ३ खेलहरु सम्पन्न भएका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकाबीच भएको खेलमा पुतलीबजार नगरपालिकाले पहिलो जीत निकालेको छ भने बिरुवा र अर्जुनचौपारी गाउँपालिका बीच भएको दोस्रो खेलमा बिरुवा गाउँपालिकाले जितेको छ । यसैगरी चापाकोट नगरपालिका र हरिनास गाउँपालिका बीच भएको तेस्रो खेलमा चापाकोटले विजयी भएको छ । फेदिखोला र भीरकोट नगरपालिका बीच सुरु गरिएको खेल भने समय अभावका कारण भोलि विहान ७ः३० मा खेलाईने आयोजकले जनाएको छ ।
लिग सिस्टममा खेलाइने प्रतियोगितामा जिल्लाका एघार वटै पालिकाको सहभागिता रहेको छ ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार