स्याङ्जा सहयोग समाजको आयोजनामा वालिङमा भलिबल प्रतियोगिता सुरु

वालिङ,२ कात्तिक- स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
वालिङ खेलमैदानमा अयोजित स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ को
उद्घाटन गर्दै गण्डकी प्रदेश सभासदस्य एवं अर्थ विकास समितिका सभापति भोजराज अर्यालले स्याङ्जा सहयोग समाजले आयोजना गरेको प्रतियोगिताले खेलाडीहरुर खेल प्रेमिहरुका लागि निकै महत्पूणर् अवसर प्र्रदान गरेको बताउदै रोजगारीको शिल्शिलामा विदेशमा रहेर पनि जिल्लाको विकासका लागि खेलको भूमिका निकै महत्वपूणर् रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य कल्पना तिवारी, पूर्व प्रदेश सभासदस्य मोहनप्रसाद रेग्मी, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आज उद्घाटनसँगै ३ खेलहरु सम्पन्न भएका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकाबीच भएको खेलमा पुतलीबजार नगरपालिकाले पहिलो जीत निकालेको छ भने बिरुवा र अर्जुनचौपारी गाउँपालिका बीच भएको दोस्रो खेलमा बिरुवा गाउँपालिकाले जितेको छ । यसैगरी चापाकोट नगरपालिका र हरिनास गाउँपालिका बीच भएको तेस्रो खेलमा चापाकोटले विजयी भएको छ । फेदिखोला र भीरकोट नगरपालिका बीच सुरु गरिएको खेल भने समय अभावका कारण भोलि विहान ७ः३० मा खेलाईने आयोजकले जनाएको छ ।
लिग सिस्टममा खेलाइने प्रतियोगितामा जिल्लाका एघार वटै पालिकाको सहभागिता रहेको छ ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal