भोलीदेखि तीन दिन विद्यालय बन्द गरि उद्द र र राहत कार्यमा जुट्न शिक्षा मन्त्रालयको अपिल

काठमाडौँ,१२ असाेज- शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले देशमा आएको अविरल वर्षाबाट भएको भौतिक र मानविय क्षतीका कारण भोलीदेखि तीन दिन विद्यालय बन्द र सबै परीक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न सबै पक्षलाई आग्रह गरेको छ।
मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै सो आग्रह गरेको हो।
विज्ञप्तिमा अविरल वर्षाको कारण देशभर भएको जनधनको क्षतीप्रती दु:ख ब्यक्त गर्दै विश्वविद्यालय सहित सबै शैक्षिक संस्थाका परीक्षा स्थगित गर्ने र विद्यालयहरूमा उद्दार र बिपद ब्यबस्थापन सहजताका लागि देशैभरका विद्यालय असोज १३ गतेदेखि ३ दिन सम्म बन्द गर्न आग्रह गरेको छ।
स्थगित परीक्षा परिस्थितिकाे आँकलन गरेर उपयुक्त समयमा संचालन गर्न अनुरोध गरेको छ। विपदमा परि ज्यान गुमाउनेहरू प्रती श्रद्धाञ्जली सहित परिवारजनमा मन्त्रालयले गहिरो समबेदना प्रकट गरेको छ।
यसअघि कार्यबाहाक प्रधानमन्त्री प्रकाशशमान सिंहको अध्यक्षतामा बसेको विपद ब्यबस्थापन सम्बन्धि आकस्मिक बैठकले गरेको निर्णय अनुसार सो अनुरोध गरेको शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार