‘शिक्षाको विकासमा सबैको चासो हुनुपर्छ’

अर्जुन काफ्ले

स्याङ्जा,२ असोज- गण्डकी प्रदेशका प्रमुख डिल्लीराम भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताउनुभएको छ । फेदीखोला गाउँपालिकाले वडा नं–२, सिद्धार्थ माविमा गरिएको नवौँ संविधान तथा ४५ औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा प्रदेशका प्रमुख डिल्लीराम भट्टले उक्त कुरा बताउनुभएको हो ।

शिक्षा नभई केही नहुने बताउँदै प्रदेशका प्रमुख भट्टले शिक्षा नभएको नागरिकसँग सबै भएर पनि केही नहुने बताउनुभयो । फेदीखोलाले शिक्षाको क्षेत्रमा प्रगति गरेको बताउँदै अन्य पालिकाले समेत यसलाई अवलम्बन गर्नुपर्नेमा उहाँको जोड छ । 

“अहिले प्राविधिक शिक्षा आवश्यक छ र प्राविधिक क्षेत्रमा फेदीखोलाले फड्को मारेको छ”, उहाँले भन्नुभयो, “यहाँका पर्यटकीय गन्तव्यको विकासमा सरकारले प्राथमिकतामा राख्नुपर्छ ।” 

कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदीले शैक्षिक विकासको लागि शिक्षक मात्र नभई विद्यार्थी र अभिभावकको समेत सोही अनुसारको जिम्मेवारी हुने बताउनुभयो । 

यस्तै, कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शैक्षिक र्‍याली, झाँकी प्रदर्शनी गरिएको थियो भने उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी पुरकृत तथा सम्मान गरिएको थियो । 

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal