‘शिक्षाको विकासमा सबैको चासो हुनुपर्छ’

अर्जुन काफ्ले

स्याङ्जा,२ असोज- गण्डकी प्रदेशका प्रमुख डिल्लीराम भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताउनुभएको छ । फेदीखोला गाउँपालिकाले वडा नं–२, सिद्धार्थ माविमा गरिएको नवौँ संविधान तथा ४५ औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा प्रदेशका प्रमुख डिल्लीराम भट्टले उक्त कुरा बताउनुभएको हो ।

शिक्षा नभई केही नहुने बताउँदै प्रदेशका प्रमुख भट्टले शिक्षा नभएको नागरिकसँग सबै भएर पनि केही नहुने बताउनुभयो । फेदीखोलाले शिक्षाको क्षेत्रमा प्रगति गरेको बताउँदै अन्य पालिकाले समेत यसलाई अवलम्बन गर्नुपर्नेमा उहाँको जोड छ । 

“अहिले प्राविधिक शिक्षा आवश्यक छ र प्राविधिक क्षेत्रमा फेदीखोलाले फड्को मारेको छ”, उहाँले भन्नुभयो, “यहाँका पर्यटकीय गन्तव्यको विकासमा सरकारले प्राथमिकतामा राख्नुपर्छ ।” 

कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदीले शैक्षिक विकासको लागि शिक्षक मात्र नभई विद्यार्थी र अभिभावकको समेत सोही अनुसारको जिम्मेवारी हुने बताउनुभयो । 

यस्तै, कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शैक्षिक र्‍याली, झाँकी प्रदर्शनी गरिएको थियो भने उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी पुरकृत तथा सम्मान गरिएको थियो । 

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal