विश्वकर्मा र वास्तुकला
टङ्क पराजुली
हिन्दु समुदायमा प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन विश्वकर्मा भगवान्को जन्मजयन्ती मनाउने गरिन्छ । यस दिन विभिन्न कारखाना, उद्योगमा विभिन्न मेसिनरी प्रविधिको पूजा गरी विश्वकर्मालाई स्मरण गर्ने गरिन्छ । यस दिनलाई विश्वकर्मा जयन्ती मात्र नभनेर वास्तु दिवस, इन्द्रजात्रा, राष्ट्रिय चलचित्र दिवस, राष्ट्रिय विज्ञान दिवस, उत्पादन वृद्धि र राष्ट्रिय समृद्धिका लागि एक सङ्कल्प दिवसका रूपमा पनि स्मरण गरिन्छ । विश्वकर्मालाई सम्मानस्वरूप विभिन्न क्षेत्रका निर्माणकर्मी, कारिगर, इन्जिनियरले आफ्ना उपकरणको पूजा गर्छन् र विश्वकर्माबाट आशीर्वाद प्राप्त गर्ने गर्दछन् ।
विश्वकर्मालाई हिन्दु वैदिक धर्ममा एक प्रमुख देवताका रूपमा मान्ने गरिन्छ । धार्मिक ग्रन्थमा यिनलाई सृष्टिकर्ता र महान् वास्तुकारका रूपमा व्याख्या गरिएको छ । देवताका लागि भवन, यन्त्र र विभिन्न उपकरण निर्माण गर्ने गरेका कारण वास्तुकला र हस्तकला (शिल्पकला) का देवता मानिन्छ ।
विश्वकर्मा र वास्तुकलाको सम्बन्ध
वास्तुकला शब्द संस्कृतमा ‘वास्तु’ (भवन) र ‘कला’ (कला) को संयोगबाट बनेको हो । वास्तुकलालाई खास गरी निर्माणको विज्ञान र कलाको संयोजन रूपमा लिने गरिन्छ । वैदिककालमा विभिन्न मठमन्दिर, राजमहल र अन्य महत्वपूर्ण संरचना बनाउने कार्य वास्तुकलाका आधारमा गर्ने गरिन्थ्यो । विभिन्न पुराणमा विश्वकर्माको महिमा, उनले निर्माण गरेका विभिन्न भवन, कला र उपकरणको वर्णन गरिएको छ । पुराणले विश्वकर्मालाई हिन्दु स्थापत्य कलाका उत्कृष्ट शिल्पकारका रूपमा व्याख्या गरेको छ ।
हिन्दु धार्मिक पुराण हेर्ने हो भने विश्वकर्माद्वारा निर्माण गरेका महìवपूर्ण वस्तुमा भगवान् विष्णुको सुदर्शन चक्र, शिव भगवान्को त्रिशूल, पाण्डवको इन्द्रप्रस्थ, रावणको लङ्का नगरी र द्वारकापुरीधाम समावेश छन् ।
पुराणहरूमा विश्वकर्मा एक प्रमुख देवता र महान् कारिगरका रूपमा प्रतिष्ठित छन् । उनलाई संसारका सबै संरचना, यन्त्र र उपकरणका स्रष्टा, आविष्कारक र जनक मानिन्छ । विश्वकर्मा विभिन्न पुराणमा उल्लेखित छन् र हरेक पुराणले उनलाई विशेष भूमिकामा चित्रित गरेको छ ।
वेद र पुराणमा विश्वकर्माको वर्णन
ऋग्वेद : ऋग्वेद अनुसार विश्वकर्मालाई एक सृष्टिकर्ता मानिन्छ । उनको रूप आदित्य (सूर्य) जस्तो उज्यालो भएको भनी वर्णन गरिएको छ । ब्रह्माजीको आज्ञाले सम्पूर्ण ब्रह्माण्डको निर्माण गरेका कारण विशिष्ट स्रष्टाका रूपमा सम्मान पाएका छन् ।
श्रीमद्भागवत पुराण : हिन्दु वैदिक धर्मावलम्बीका लागि पुराणले चार धामलाई प्रमुख धामका रूपमा लिएको छ । जीवनकालमा एक पटक चार धामको दर्शन गरे मोक्ष प्राप्त हुन्छ भन्ने पौराणिक मान्यता छ । ती धाममध्येको एक धाम हो द्वारकापुरी धाम । यस धामको निर्माण भागवत पुराण जस्ता प्राचीन हिन्दु ग्रन्थहरूमा उल्लिखित छ । यो विशेष गरी श्रीकृष्णसँग जोडिएको छ ।
भागवतका अनुसार श्रीकृष्णले मथुरामा कंसको वध गरेपछि कंसका ससुरा जरासन्धले श्रीकृष्ण र बलराममाथि पटक पटक आक्रमण गर्न थाल्यो, मथुरा निरन्तर आक्रमणको सिकार बनेपछि भगवान् श्रीकृष्ण अत्यन्त चिन्तित हुनुभयो । उहाँले यदुवंशलाई सुरक्षित राख्न मथुराबाट अन्यत्र स्थानान्तरण गर्ने निर्णय गर्नुभयो । श्रीकृष्णले समुद्र देवतासँग समन्वय गरेर समुद्र किनारको एक विशाल सुन्दर भूभाग प्राप्त गर्नुभयो । यस भूभागमा नयाँ सहर निर्माण गर्न पर्याप्त ठाउँ थियो । समुद्र देवताले आफ्नो कृपाबाट श्रीकृष्णलाई यस स्थानलाई द्वारकापुरी बनाउन दिने प्रतिज्ञा गरे ।
भूमि प्राप्त भइसकेपछि श्रीकृष्णले वास्तुकलाका प्रमुख देवता विश्वकर्मालाई द्वारकापुरी निर्माणको जिम्मेवारी दिनुभयो । विश्वकर्माले श्रीकृष्णको आज्ञा अनुसार एकै रातमा अलौकिक, अनुपम, दिव्य, अद्वितीय भवन र सहरको निर्माण गरी भगवान्लाई हस्तान्तरण गरे । सो सहर र दिव्यधाम अहिले पनि छिमेकी मुलुक भारतमा जस्ताको तस्तै देख्न पाइन्छ ।
विष्णु पुराण : विष्णु पुराणका अनुसार विश्वकर्माले भगवान् विष्णुको लागि सुदर्शन चक्र निर्माण गरेको प्रसङ्ग पाइन्छ । सुदर्शन चक्रलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र मानिन्छ । सुदर्शन चक्र रहेको ठाउँमा कलिको प्रभाव रहँदैन भन्ने पौराणिक मान्यता रहेको छ ।
महाभारत : पाण्डवका लागि इन्द्रप्रस्थको निर्माण गरेका कारण विश्वकर्माको अद्भुत कला भनी महाभारतमा व्याख्या गरिएको छ । इन्द्रप्रस्थ एक अद्भुत नगरी हो, जसको सौन्दर्य र कला मानव क्षमताभन्दा पर थियो । यस दिव्य नगरको निर्माणले उनको अद्वितीय निर्माणकला र वास्तुकलालाई देखाउँछ ।
रामायण : विश्वकर्माले रावणका लागि लङ्का नगरी निर्माण गरेको प्रसङ्ग रामायणमा उल्लेख छ । लङ्का नगरी सुनैसुनले बनेको थियो र अत्यन्तै सुन्दर तथा समृद्ध थियो । यस प्रसङ्गले विश्वकर्माको निर्माणकलाको कौशललाई उच्चतम रूपमा प्रस्तुत गर्दछ ।
शिव पुराण : भगवान् शिवको त्रिशूल बनाएका कारण शिव पुराणमा पनि विश्वकर्माको महत्वपूर्ण स्थान छ । त्रिशूल अर्थात् तीन शूललाई अत्यन्त शक्तिशाली बलवान् मानिन्छ र यसले विश्वकर्माको निर्माण सिपको उच्चतम कदर गर्दछ ।
प्राचीन हिन्दुशास्त्रमा देवताहरूका प्रमुख वास्तुकार, शिल्पकार र निर्माणको देवताका रूपमा विश्वकर्मालाई मानिन्छ । उनको वास्तुकलाको महत्व पौराणिककालदेखि वर्तमानसम्म जीवित रहिआएको छ । वास्तुकलामा विश्वकर्मा र उनको योगदानलाई आधुनिक युगमा पनि महत्व दिइएको पाइन्छ । विश्वकर्मालाई स्वर्गका राजा इन्द्रको महल, पुष्पक विमान र विभिन्न दैवी संरचनाको निर्माणकर्ताका रूपमा सम्झिन्छ । उनले बनाएका कला पौराणिक भए पनि यी संरचनाले प्राचीन पूर्वीय वास्तुकलाको उन्नत ज्ञानलाई देखाउँछ । विश्वकर्माको नामले आजको वास्तुकलालाई प्रेरणा दिन्छ, जसले प्राचीन शिल्प र निर्माणको ज्ञानलाई समेत सम्मान गर्न सिकाउँछ ।
वास्तुशास्त्र, जसले भवनको संरचना र वातावरणको सन्तुलनलाई महत्व दिन्छ, जुन विषय विश्वकर्मासँग जोडिएको छ । आजको समयमा विभिन्न किसिमका घर, भवन, मन्दिर, हललगायतका संरचनाको डिजाइन र निर्माणमा वास्तुशास्त्रलाई धेरै मान्यता दिइन्छ । यस्ता संरचनाको उचित डिजाइन, दिशागत सन्तुलन र सकारात्मक ऊर्जा प्रवाहका लागि आज पनि विश्वकर्माको आदर्श, ज्ञान, सिप र कौशलतालार्ई ध्यानमा राखेर काम गरिन्छ । यति मात्र नभएर विश्वकर्मालाई इन्जिनियरिङ र आर्किटेक्चर आदिको प्रवर्तकका रूपमा मानिन्छ ।
आधुनिक प्रविधि र निर्माण विज्ञानले नयाँ आयाम ल्याएको छ । विश्वकर्माको योगदानले मानव सभ्यताको निर्माणमा शिल्पकार र वास्तुकारको भूमिका प्राचीन समयदेखि महìवपूर्ण रहेको दर्साउँछ । यस्ता प्राचीन वास्तुकलाले सांस्कृतिक धरोहरको संरक्षण गर्नुका साथै पुराना शैली र प्रविधिलाई सुरक्षित गर्दै नयाँ संरचना निर्माण गर्ने गर्छ । यसकारण आज पनि इन्जिनियर, वास्तुकार र शिल्पकारहरूले विश्वकर्मालाई आफ्नो प्रेरणाको स्रोत मान्छन् । गोप
ताजा
Does the world still need globalization? A look at the distant past offers an answer.
२०८२ पुष १ गते, मंगलवार
Does the world still need globalization? A look at the distant past offers an answer.
२०८२ पुष १ गते, मंगलवार
How will “a shared future” save the world from fragmentation?
२०८२ पुष १ गते, मंगलवार
एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै
२०८२ पुष १ गते, मंगलवार
एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै
२०८२ पुष १ गते, मंगलवार
पुतलीबजार र अर्जुन चौपारीमा आगलागी
२०८२ मंसिर २८ गते, आईतवार
शिक्षकलाई पेशागत सहायता तालिम
२०८२ मंसिर २८ गते, आईतवार
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
२०८२ मंसिर २७ गते, शनिबार
भेषजराज साहित्य प्रतिष्ठानको ९१ औँ शृङ्खला सम्पन्न
२०८२ मंसिर २७ गते, शनिबार
माेबाइल एसाेसिएसन वालिङद्वारा गह्राैँ प्राथमिक अस्पतालाई सहयाे
२०८२ मंसिर २७ गते, शनिबार





















