मृगौलाको समस्या भएकी जमुनालाई १५ लाख आर्थिक सहयोग


टिकाराम अधिकारी
गल्याङ,२७ साउन- दुबै मृगौलामा समस्या आएपछी बिरामी पर्नुभएकी जमुना थापालाई नेपाल मगर संघ गल्याङ नगर समितिले आर्थिक सहयोग उपलब्ध गराएको छ । शनिबार गल्याङमा एक कार्यक्रमका बिच जमुनाको उपचारका लागि नेपाल मगर संघ गल्याङ नगर समितिले संकलन गरेको रु १५ लाख हस्तान्तरण गरिएको हो ।
नगरपालिका वडा नं.११ छाँप स्थायी घर भएकी थापा गल्याङ बजारमा बस्दै आउनु भएको छ । दुबै मृगौलामा समस्याभएपछी बिरामी पर्नुभएकी जमुना पोखरामा बसेर उपचार राइरहनुभएको छ ।
रकम हस्तान्त्रण कार्यक्रममा बोल्दै पूर्व सांसद महेन्द्र थापा मगरले रहेक मानिसले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने बताउँदै हामीले खाने आहार व्यहारमा ध्यान दिन सकियो भने रोगबाट बच्च सकिने भएकाले रोग लाग्नु भन्दा पहिले नै संजक हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो “पट्ट मगर काट छानिङ” एउटा मगरलाई परेको पिडामा सबै मिलेर मलमपट्टी लगाउनु पर्ने बताउदै नेपाल मगर संघ गल्याङ नगरको पहलमा संकलन भएको रकमले जमुनाको उपचारको लागि महत्वपूणर् सहयोग पुग्ने बताउनुभयो । उहाँले बिरामी जमुना थापा बचाउ अभियानमा लाग्ने सम्पूणलाई धन्यवाद दिदै विरामीको स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सचिव लोकेन्द्र बहादुर थापा मगर,नेपाल मगर संघ गण्डकी प्रदेश उपाध्यक्ष दान बहादुर थापा, गल्याङ नगरपालिकाका पूर्व उपप्रमुख देविसरा थापा मगर,गल्याङ नगरपालिका नगर शिक्षा समिति सदस्य चन्द्र बहादुर राना मगर,नेपाल मगर महिला संघ जिल्ला अध्यक्ष कृष्णमाया राना मगर लगायतले बोल्नु भएको थियो ।
नेपाल मगर संघ गल्याङ नगर समितिले गल्याङ नगरपालिका देश तथा विदेशमा रहनुहुने व्यक्ति तथा संघ संस्था संग साउन २५ गते सम्म रु १५ लाख संकलन गरेको र सहयोग रकम आउने क्रम जारीरहेकाले अझै रकम थप हुने नेपाल मगर संघ गल्याङ नगर समितिका अध्यक्ष कुमार राना मगरले जानकारी दिनुभयो ।
बिरामी जमुना थापाका श्रीमान याम बहादुर सोमैले आफ्नो श्रीमतीको जीवन रक्षाका लागि नेपाल मगर संघ गल्याङ नगर समितिले महत्वपूणर् भूमिका खेलेको र यो सहयोग रकमले जमुनाको उपचारमा ठुलो सहयोग पुग्ने बताउदै सबै सहयोग दाताहरु प्रति धन्यवाद व्यक्त गर्नु भयो ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal