निःशुल्क स्वास्थ्य सहायता कक्ष स्थापना
अर्जुन काफ्ले
स्याङ्जा,२७ असार- जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । जिल्ला प्रशासन स्याङ्जामा यतिबेला राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीडलाई सेवा दिने उद्देश्यले निशुल्क हेल्प डेस्क स्थापना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखा र पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा हेल्प डेस्क स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले राष्ट्रिय परिचयपत्र निर्माणको लागि गाउँगाउँबाट सेवा लिन आउने वृद्धवृद्धाहरुमा देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर हेल्प डेस्क स्थापना गरिएको बताउनुभयो ।
अफिस समयसम्म नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सहयोगमा एम्बुलेन्स तयार अवस्थामा जिल्ला प्रशासनमा रहनेछ । एक जना स्वास्थ्यकर्मी पुतलीबजार नगरपालिकाले व्यवस्था गर्नेछ भने रेडक्रबाट एक जना कर्मचारी व्यवस्था गर्नेछ ।
प्रशासनमा आउने बिरामीका लागि प्रारम्भिक औषधी रेडक्रसले व्यवस्था गर्ने सहायक प्रजिअ दीपक पौडेलले बताउनुभयो ।गोप
ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















