अवैध क्रसरमा सिल
अर्जुन काफ्ले
स्याङ्जा,१ असार- भीरकोट नगरपालिका १ मा रहेको अवैध क्रसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिलबन्दी गरेको छ । प्रशासनले बजार अनुगमनका क्रममा भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेज नाम रहेको क्रसरमा सिलबन्दी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा खटिएको प्रशासनको अनुगमन टोलीले क्रसरको स्थलगत अनुगमन गरेपछि अवैध देखिएपछि सिल गरेको हो । उहाँले अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरी पाइएकाले सिलबन्दी गरिएको बताउनुभयो । क्रसर उद्योग एक वर्ष पहिलाबाट यहाँ सञ्चालनमा आएको थियो भने गिट्टी र बालुवा बनाएर बिक्री हुँदै आएको थियो ।
आफू निर्माण व्यवसायी भएकाले पूर्वाधार विकास कार्यालयसँग समन्वय गरेर क्रसर चलाएको बताउँदै क्रसर सञ्चालक राम प्रदा भुसालले पालिकामा दर्ता गर्न खोज्दा नगरी दिएको बताउनुभयो । क्रसरबाट कुनै सामाग्री बिक्री वितरण नबेचेको बताउँदै भुसालले साथीहरूले कहिले काहीँ मागेमा सहयोग भने गरेको बताउनुभयो ।
पालिकाले नै गैर ढङ्गले क्रसर चलाएर बिक्री वितरण गरेको बताउँदै भुसालले प्रशासनले त्यसलाई नहेरी चुप चाप बसेको आरोप लगाउनुभयो । जिल्ला प्रशासनको अनुगमन टोलीले गल्याङ बजारमा रहेको फार्मेसी, होटेल र किराना पसल समेत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बिल बिजक जारी नगरी कारोबार गर्ने सेवा हेल्थ केयर सेन्टरलाई १० हजार जरिवाना गरेको हो ।स्रोतःगोप
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















