अवैध क्रसरमा सिल

अर्जुन काफ्ले 

स्याङ्जा,१ असार- भीरकोट नगरपालिका १ मा रहेको अवैध क्रसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिलबन्दी गरेको छ । प्रशासनले बजार अनुगमनका क्रममा भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेज नाम रहेको क्रसरमा सिलबन्दी गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा खटिएको प्रशासनको अनुगमन टोलीले क्रसरको स्थलगत अनुगमन गरेपछि अवैध देखिएपछि सिल गरेको हो । उहाँले अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरी पाइएकाले सिलबन्दी गरिएको बताउनुभयो । क्रसर उद्योग एक वर्ष पहिलाबाट यहाँ सञ्चालनमा आएको थियो भने गिट्टी र बालुवा बनाएर बिक्री हुँदै आएको थियो । 

आफू निर्माण व्यवसायी भएकाले पूर्वाधार विकास कार्यालयसँग समन्वय गरेर क्रसर चलाएको बताउँदै क्रसर सञ्चालक राम प्रदा भुसालले पालिकामा दर्ता गर्न खोज्दा नगरी दिएको बताउनुभयो । क्रसरबाट कुनै सामाग्री बिक्री वितरण नबेचेको बताउँदै भुसालले साथीहरूले कहिले काहीँ मागेमा सहयोग भने गरेको बताउनुभयो । 

पालिकाले नै गैर ढङ्गले क्रसर चलाएर बिक्री वितरण गरेको बताउँदै भुसालले प्रशासनले त्यसलाई नहेरी चुप चाप बसेको आरोप लगाउनुभयो । जिल्ला प्रशासनको अनुगमन टोलीले गल्याङ बजारमा रहेको फार्मेसी, होटेल र किराना पसल समेत अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा बिल बिजक जारी नगरी कारोबार गर्ने सेवा हेल्थ केयर सेन्टरलाई १० हजार जरिवाना गरेको हो ।स्रोतःगोप

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal