प्रहरीलाई कुटपिट गरेको आरोपमा युवा पक्राउ
वालिङ,२३ वैशाख- वालिङ नगरपालिका वडा नम्बर १३ बायाँटारी स्थित झलुङ्गे बजारमा शनिबार राति प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जना युवालाई नियन्त्रणमा लिएको छ । झलुङ्गे बजारमा युवाहरुले झैझगडा गरेको भन्ने सूचनाको आधारमा थुमपोखरा प्रहरी चौकीबाट प्रहरी सो ठाउँमा पुगेको र सम्झाउने क्रममा प्रहरी माथि नै आक्रमण भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मादक पदार्थ सेवन रेका युवाहरुको आर्कमण बाट थुमपोखरा प्रहरी थौकीका प्रहरी सहायक निरीक्षक मनोज कुमार सिंह घाइते भएको र कुटपिट गरेको आरोपमा वालिङ नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय रविन गुरुङ, २५ वर्षीय काजी गुरुङ र २४ वर्षीय सुुदिप गुरुङलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घाइते मनोज कुमार सिंहको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















