एमालेद्वारा गण्डकीका  जनप्रतिनिधिलाई ३ दिने  प्रशिक्षण

पाेखरा,२२ वैशाख- नेकपा(एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएकाे छ। तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमकाे आज (शनिबार )पोखरामा   स्थायी कमिटी सदस्य थममाया थापाले उदघाटन गर्दै एमालेकाे  नेतृत्वमा रहेका पालिकाहरू सुशासन र विकासका नमुना बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयाे। 

आफ्नो पार्टीले पारदर्शिता जवाफदेहिता सहितको विधिको सुशासनमा जोड दिदै आएको र आफ्ना जनप्रतिनिधिहरु  त्यसमा अब्बल हुनुपर्ने थापाकाे भनाइ थियाे। 

एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले पार्टी र जन-प्रतिनिधि बिचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य पुरा हुने भन्दै सुखी नेपाली सम्वृद्ध नेपालको  सपना पुरा गर्न प्रशिक्षण फलदायी हुने विश्वास ब्यक्त गर्नु भयो ।

प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जनताका काम थप मजबुत तवरले  छिटो छरितो परिणाममुखी बनाउन   सहजीकरण होस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनु भयो । एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास बिभाग प्रमुख देबेन्द्र दाहाल, सचिव हर्कराज राइ , केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल सहितका नेताहरूले उक्त प्रशिक्षणमा सहजिकरण  गर्ने सचिव  दवाडीले जानकारी दिनुभयाे ।

प्रशिक्षणमा  एमालेबाट  गण्डकी प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख ,उप- प्रमुख , जिल्ला समन्वय समितिका प्रमुख ,उप- प्रमुख र प्रत्येक जिल्लाबाट एक जना  वडा अध्यक्ष सहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्जहरू गरी    करिब एक सय जनाको सहभागिता रहेको नेकपा एमाले गण्डकी प्रदेशका उप- सचिव तथा प्रचार एवं प्रकासन विभाग प्रमुख मञ्जु अधिकारीले जानकारी दिनुभयो ।

ताजा

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal