उत्तरपुस्तिका हराउनेलाई कारबाही गर्न सांसद भट्टराईको माग
काठमाडौं,१८ चैत- प्रतिनिधि सभासदस्य विद्या भट्टराईले त्रिविमा उत्तरपुस्तिका हराएको विषमा प्रतिनिधि सभामा बोल्दै दोसिलाई तुरुन्त कारबाहीको माग गर्नुभएको छ ।
कास्की निर्वाचन क्षेत्र न २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद भट्टराईले उत्तर पुस्तिका हराउनुमा चरम लापरबाही भएको बताउदै जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही गर्न माग गर्नुभएको छ ।
आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा बोल्दै नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताउनुभयो । ‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए,’ भट्टराईले भन्नुभयो, ‘तर उनीहरुले नतिजा होइन उत्तर पुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशन सहितको सूचना त्रिविले प्रकाशित गरेको छ । १८३ विद्यार्थीको उत्तर पुस्तिका हराएको भन्ने समाचारले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । यस प्रकारको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही समेत माग गर्दछु ।’
वार्षिक प्रणाली अन्तर्गतका चार वर्षे पढाइ हुने विषयको चार वर्षभित्रै नजिता प्रकाशित गर्ने नियम त्रिविले बनाए पनि कार्यान्वयन गर्न नसकेको सांसद भट्टराईको भनाइ थियो । ‘क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय व्यवस्थित बनाइ क्लस्टरिङ बेसिसमा कपी परिक्षण गर्ने प्रणाली विकास गरी समयमा नतिजा प्रकाशन गर्ने प्रणाली विकाश गर्न त्रिविको पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण गर्दछु,’ उहाँले भननुभयो ।
गत वैशाखमा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी-४२२’ र ‘फाउन्डेसन अफ एजुकेसन’ विषयको १८३ परीक्षार्थीको उत्तर पुस्तिका हराएको थियो । त्रिविले उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समितिलाई उत्तर पुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन दिन कार्यादेश दिइएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















