जनताका मुद्धामा खरो रुपमा उत्रिनुपर्ने बेला आएको छ ः कानुन मन्त्री गिरी
कला राना
वालिङ,११ चैत- कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले देशमा परिर्वतन हुन्छ भन्ने आशमा बसेका नागरिकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा रहेको बताउनुभएको छ । आइतबार वालिङ नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले भन्नुभयो, ‘देशको व्यवस्था फेरियो, अवस्था फेरिन सकेन् । देशमा संविधान आएको दशक पुग्यो, संघिय लोकतान्त्रिक प्रणाली आयोे, समानता आए तर पनि नागरिकको अवस्था फेरिएन् ।’
नागरिकको धैर्यताको बाँध टुट्ने अवस्थामा रहेको भन्दै अव देशका लागि गर्छु भनेका जनप्रतिनिधि, राजनीतिक दलले डुबुल्की मारेर काम गर्नुपर्ने मन्त्री गिरीले बताउनुभयो । शुसासन र समृद्धिका मुद्धामा खरो रुपमा उत्रिनुपर्ने बेला आएको भन्दै जनताको निरासा बढ्दै गएकोमा मन्त्री गिरीले चिन्ता व्यक्त गर्नुभयो ।
मन्त्री गिरीले भन्नुभयो, ‘देशको विकास र समृद्धिका लागि दलगत स्वार्थ भन्दा माथि उठेर सबै राजनीतिक दल एउटै लयमा हिँडनुपर्छ । भ्रष्टाचारलाई शुन्यमा झार्नुपर्छ ।’ विकासलाई तिव्र गतिमा अगाडि बढाउनुपर्ने भन्दै मन्त्री गिरीले जनप्रतिनिधिको आँखामा सबै नागरिक समान हुनुपर्नेमा जोड दिनुभयो । देश रित्तिँदो अवस्थामा रहेको भन्दै राजनिति प्रति नागरिकको बितृष्णा बढेकाले यसको जिम्मेवारी सबैले लिनुपर्ने उहाँले बताउनुभयो ।
विदेशमा समेत नेपालीहरुको स्थिति भयावह रहेको भन्दै यस्ता समस्याहरुलाई समाधान गर्दै अव आश्वासन भन्दा काम गर्नुपर्ने बेला आएको बताउनुभयो । भुम्रे हुवासको सडकका विषयमा आँफू पुणर् जानकार रहेको रातो किताबमा समेत परेको सडक ठेक्क पनि लागेको र बजेट अभावका कारण रोकिएको यसलाई निकास दिन आँफूले पहल गर्ने मन्त्री गिरीले बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खांणले संघ र स्थानीय तहको कानुन बाझिएर कतिपय अवस्थामा काम गर्न अप्ठ्यारा स्थिति रहेको भन्दै त्यस्ता जटिलतालाई सहज बनाउन मन्त्री समक्ष आग्रह गर्नुभयो । बाँदर आतंकका कारण जमिन बाँभmो हुने, बसाईसराई बढ्ने जस्ता समस्या रहेको भन्दै यसको नियन्त्रणका लागि कानुन संसोधन गरेर भएपनि यसको समाधान गर्न पहल गर्न नगरप्रमुख खांणले आग्रह गर्नुभयो ।
वालिङमा चुनढुङ्गाको संभावना रहेको र नगरले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने निणर्य गरेर अगाडि बढेको भन्दै यसमा समेत कानुनी अड्चन देखिन सक्ने भन्दै स्थानीय तहलाई नै जिम्मा दिने गरी कानुन ल्याउन समेत नगरप्रमुख खांणले कानुन मन्त्री गिरी समक्ष आग्रह गर्नुभयो ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















