जब प्रधानमन्त्री छमछमी नाच्नुभयो…

गण्डकी,४ चैत- पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो । मध्यान्हपख घोषणा समारोह सुरु भयो ।

समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत सर्मपण गरे ।

धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि….’ सुनाउनुभयो । गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा…’ गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो । औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्नलनुभयो । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराउनुभयो र आफ्नो प्रस्तुति दिन सुरु गर्नुभयो । अरुलाई एकवटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाउनुभयो ।

पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर…’ र दोस्रो ‘बोलामाया…’ । देशविदेशका साङ्गीतिक प्रस्तुतिमा भ्याइनभ्याइ उहाँ प्रधानमन्त्री प्रचण्डसामु भने पहिलोपटक गीत गाउँदै हुनुहुन्थ्यो । सपुतले क्रान्तिको पृष्ठभूमिबाट आउनुभएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताउनुभयो । उहाँले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गर्नुभयो ।

“प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु”, सपुतले भन्नुभएको थियो । उहाँको अनुरोधलाई सहज रुपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाच्नुभयो ।

गायक सपुतको ‘बोलमाया…’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरुको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो । प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए । सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि सङ्घ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनुभयो । उहाँले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो ।

“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि यथोचित पहल तथा समन्वय गरिनेछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उहाँले आगामी वैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीको वर्षौँ पुरानो सपना पूरा भएको बताउनुभयो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको पटक–पटक पहलले सार्थकता पाएको उहाँको भनाइ छ । प्रमुख आचार्यले राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताउनुभयो । प्रमुख आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पर्यटकीय राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भको अनावरण गर्नुभएको थियो ।

सो अवसरमा कास्कीको हेम्जामा जन्मनुभएका साहित्यकार मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको थियो । यस्तै दिवङ्गत भूगोलविद् हर्क गुरुङ र गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो । मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा पो रै’छ…’ गीत गाउनुभएको थियो ।

ताजा

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal