पत्रकार महासंघ स्याङ्जालाई कम्प्यूटर सहयोग

स्याङ्जा,४ चैत- नेपाल पत्रकार महासंघ स्याङ्जा शाखालाई कार्यालय व्यवस्थापनका लागि कम्प्युटर सहयोग भएको छ ।
पुतलीबजार नगरपालिकाले महासंघलाई कम्प्युटर सहयोग गरेको हो । पत्रकार महासंघको स्थापना भएको झण्डै १८ वर्षपछि जिल्ला सदरमुकाममा भाडाको कार्यालयको व्यवस्थापन गरि संचालन गरिएको छ । पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले एक कार्यक्रमको आयोजना गरि पत्रकार महासंघलाई कम्प्युटर हस्तान्तरण गरेको पत्रकार महासंघ स्याङ्जाले जनाएको छ । पत्रकारहरुलाई समाचार प्रवाह गर्न सहज हुने अपेक्षा राखेर अहिलेलाई कम्प्युटर सहयोग गरेको नगर प्रमुख रेग्मीले बताउनुभयो ।
पत्रकार महासंघलाई नगरपालिकाबाट हुने सहयोगमा कुनै कमी नहुने बताउदै भवन निर्माणका लागि जग्गा व्यवस्थापनका कार्यको प्रक्रिया नगरपालिकाले प्रक्रिया अगाडी बढाएको समेत नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।
राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारीता क्षेत्रलाई सम्वद्र्धन र संरक्षण गर्ने दायीत्व स्थानीय सरकारको भएको उहाँको भनाइ थियो । स्थानीय सरकारले गरेका राम्रा कामको उच्च प्रथामिकतामा राखेर समाचार प्रवाह गरिदिन समेत नगर प्रमुख रेग्मीले आग्रह गर्नुभयो ।
कार्यालय व्यवस्थापनका लागि पुतलीबजार नगरपालिकाले एक थान कम्प्युटर सहयोग गरेको महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले जानकारी दिनुभयो । ‘कार्यालय नै नहुँदा जिल्लामा कार्यरत पत्रकारहरुको हकहितको साथै अन्य कामका लागि कार्य सम्पादनमा कठिनाई हुदै आएको थियो, महासंघका अध्यक्ष सिग्देलले भन्नुभयो,‘कार्यालय स्थापनापछि सहयोग माग्नेक्रममा रहेका छौं ।’ त्यसै सन्दर्भमा पुतलीबजार नगरपालिकाले पहिलो सहयोग कम्प्युटर प्रदान गरेर हौसला दिएकोे सिग्देलले बताउनुभयो । पत्रकार महासंघको कार्यालय व्यवस्थापनका लागि सबैलाई सहयोग गरिदिन समेत आग्रह गरेको महासंघले जनाएको छ । श्रमजीवीहरुको संगठन भएकाले यो संगठनलाई संरक्षण गर्नु स्याङ्जाका सरोकारवाला निकायको दायीत्व रहेकोले यस कार्यमा सबैले सहयोगी हात फैलाएर जिल्लाका संचारकर्मीहरुलाई सहजरुपले काम गर्ने वातावरण मिलाइदिन अध्यक्ष सिग्देलले आग्रह गर्नुभएको छ ।
अहिले सम्म कार्यालय व्यवस्थापनका लागि स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठले एक—एक थान कुर्चि टेवुल उपलब्ध गराएको पनि अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।
जिल्लामै कार्यालय नहुँदा झोलामा बोकेर महासंघ चलाउन बाध्य भएको यो संगठनलाई अवका दिनमा भाडामा स्थापना गरिएको कार्यालयबाट कार्य सम्पादन गर्दा सहज हुने बताइएको छ ।
जिल्लामा झण्डै ५ दर्जन पत्रकारहरु रहेपनि महासंघमा भने करिब ४ दर्जन पत्रकारहरु आवद्ध छन् । शुद्धिकरण अभियानका कारण अहिले महासंघमा आवद्ध रहने पत्रकारहरुको संख्या भने एकिन भइनसकेको अध्यक्ष सिग्देलले बताउनुभयो ।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार