पत्रकार महासंघ स्याङ्जालाई कम्प्यूटर सहयोग


स्याङ्जा,४ चैत- नेपाल पत्रकार महासंघ स्याङ्जा शाखालाई कार्यालय व्यवस्थापनका लागि कम्प्युटर सहयोग भएको छ ।
पुतलीबजार नगरपालिकाले महासंघलाई कम्प्युटर सहयोग गरेको हो । पत्रकार महासंघको स्थापना भएको झण्डै १८ वर्षपछि जिल्ला सदरमुकाममा भाडाको कार्यालयको व्यवस्थापन गरि संचालन गरिएको छ । पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले एक कार्यक्रमको आयोजना गरि पत्रकार महासंघलाई कम्प्युटर हस्तान्तरण गरेको पत्रकार महासंघ स्याङ्जाले जनाएको छ । पत्रकारहरुलाई समाचार प्रवाह गर्न सहज हुने अपेक्षा राखेर अहिलेलाई कम्प्युटर सहयोग गरेको नगर प्रमुख रेग्मीले बताउनुभयो ।
पत्रकार महासंघलाई नगरपालिकाबाट हुने सहयोगमा कुनै कमी नहुने बताउदै भवन निर्माणका लागि जग्गा व्यवस्थापनका कार्यको प्रक्रिया नगरपालिकाले प्रक्रिया अगाडी बढाएको समेत नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।
राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारीता क्षेत्रलाई सम्वद्र्धन र संरक्षण गर्ने दायीत्व स्थानीय सरकारको भएको उहाँको भनाइ थियो । स्थानीय सरकारले गरेका राम्रा कामको उच्च प्रथामिकतामा राखेर समाचार प्रवाह गरिदिन समेत नगर प्रमुख रेग्मीले आग्रह गर्नुभयो ।
कार्यालय व्यवस्थापनका लागि पुतलीबजार नगरपालिकाले एक थान कम्प्युटर सहयोग गरेको महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले जानकारी दिनुभयो । ‘कार्यालय नै नहुँदा जिल्लामा कार्यरत पत्रकारहरुको हकहितको साथै अन्य कामका लागि कार्य सम्पादनमा कठिनाई हुदै आएको थियो, महासंघका अध्यक्ष सिग्देलले भन्नुभयो,‘कार्यालय स्थापनापछि सहयोग माग्नेक्रममा रहेका छौं ।’ त्यसै सन्दर्भमा पुतलीबजार नगरपालिकाले पहिलो सहयोग कम्प्युटर प्रदान गरेर हौसला दिएकोे सिग्देलले बताउनुभयो । पत्रकार महासंघको कार्यालय व्यवस्थापनका लागि सबैलाई सहयोग गरिदिन समेत आग्रह गरेको महासंघले जनाएको छ । श्रमजीवीहरुको संगठन भएकाले यो संगठनलाई संरक्षण गर्नु स्याङ्जाका सरोकारवाला निकायको दायीत्व रहेकोले यस कार्यमा सबैले सहयोगी हात फैलाएर जिल्लाका संचारकर्मीहरुलाई सहजरुपले काम गर्ने वातावरण मिलाइदिन अध्यक्ष सिग्देलले आग्रह गर्नुभएको छ ।
अहिले सम्म कार्यालय व्यवस्थापनका लागि स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठले एक—एक थान कुर्चि टेवुल उपलब्ध गराएको पनि अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।
जिल्लामै कार्यालय नहुँदा झोलामा बोकेर महासंघ चलाउन बाध्य भएको यो संगठनलाई अवका दिनमा भाडामा स्थापना गरिएको कार्यालयबाट कार्य सम्पादन गर्दा सहज हुने बताइएको छ ।
जिल्लामा झण्डै ५ दर्जन पत्रकारहरु रहेपनि महासंघमा भने करिब ४ दर्जन पत्रकारहरु आवद्ध छन् । शुद्धिकरण अभियानका कारण अहिले महासंघमा आवद्ध रहने पत्रकारहरुको संख्या भने एकिन भइनसकेको अध्यक्ष सिग्देलले बताउनुभयो ।

ताजा

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal