दर्शकहरुद्वारा वालिङ महोत्सवको निरन्तरताका लागि अनुमोदन


वालिङ,२४ माघ- २०६३ सालदेखि वालिङ खेलमैदानमा महोत्सव सञ्चालन गर्दै आएको वालिङ उद्योग वाणिज्य संघले कोरोना महामारी र देशभर छाएको आर्थिक शिथिलताका कारण अलमल गरिरहेको थियो । २०७५ सम्म सातौं संस्करण सम्पन्न गरेको संघले आर्थिक चलायमानसँगै वालिङको शानलाई उजागर गर्न महोत्सवले खेलेको भूमिकालाई मध्येनजर गरेर आठौं महोत्सव सञ्चालनमा अगाडि बढ्यो । आठौं वालिङ महोत्सव सञ्चालनका सन्दर्भमा कहिले कार्यक्रम स्थल त कहिले प्रतिकूल समयलगायतका विषयले अलमल पारेको थियो । अलमल र केही विवादका वावजुद पनि संघले महोत्सव आयोजना गर्ने निधो गर्‍यो । फलस्वरुप यही माघ १८ देखि आठौं वालिङ महोत्सव २०८० सुरु भयो । यसपटकको महोत्सवको आयोजकमा वालिङ नगरपालिका पनि रहेको छ । सुरु भैसकेपछि पनि महोत्सव सफल, असफलका चर्चा चलिरहे । तर ढुलमुले चर्चा गर्नेहरु चर्चामै सीमित रहे, किनकि वालिङको शानलाई उजागर गर्नुपर्छ भनेर नागरिकहरुद्वारा वालिङ महोत्सवको निरन्तरताका लागि अनुमोदन गरेका छन् । दैनिकरुपमा उनीहरुको उत्साहजनक उपस्थितिले वालिङ महोत्सवको निरन्तरताका लागि अनुमोदन गरेको पुष्टी गराएको छ ।

यही २८ गतेसम्म सञ्चालन हुने महोत्सवको आजसम्म आइपुग्दा सातौंदिन पार गरिसकेको छ । महोत्सवमा दैनिकरुपमा दर्शकहरुको भीड लागिरको छ । स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुको प्रस्तुतिकासाथै स्थानीय प्रतिभा प्रस्फुटन हुने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।
यसैबीच आज बुधलबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको उनिहरुको उत्साहले देखाएको छ । हरेक प्रस्तुतिमा दर्शकहरु स्वतः स्फूर्तरुपमा नाच्ने, ताली बजाउने र हुटिङ गर्ने जस्ता गतिविधीले उमङ्ग र उत्साहकासाथै महोत्सवलाई थप उर्जा प्रदान गरेको स्पष्ट छ ।

आजको प्रस्तुतिमा रचना रिमाल, प्रकाश पराजुली, सुजन लम्साल, उमादेवि खनाल, प्रिन्स लम्साललगायत राष्ट्रिय कलाकारको प्रस्तुतिले दर्शकहरुलाई झुमाएको थियो । सागर लम्साल बलेको हास्य प्रस्तुति र सृजना गुरुङको नृत्यले थप मनोरञ्जित बनाएको थियो । यसैगरी भोलि बिहिबार राष्ट्रिय कलाकार पूणर्कला विसी, चोलेन्द्र पौडेल, गोपाल जिटी, इन्द्रा गुरुङ, सीता परियार र गोविन्द रिजालकोसाथमा लोक आधुनिक तर्फ रमेशराज भट्टराई एवम् नृत्यकार सृष्टि बिकको प्रस्तुति रहने कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो । यसैगरी हास्यतर्फ पुर्खे बा को विशेष प्रस्तुति रहने पनि कलाकार संयोजन उपसमितिका संयोजक खनालले बताउनुभयो ।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal