वालिङ नगरपालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने

वलिङ,२१असोज- वालिङ नगरपालिकाले सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले विद्यालयको प्रअ नियुक्ति गर्दा शिक्षकहरु बिच प्रतिस्पर्धाबाट गर्ने निणर्य गरेको हो ।
शिक्षालाई गुणस्तरीय बनाउनको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निणर्य भएको नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिका भित्रका आधारभूत तह सम्म सञ्चालन भएका ८ वटा र माध्यामिक तह तर्फ १६ वटा गरि २४ वटा सामुदायिक विद्यालय रहेका छन् ।
पहिलो चरणमा आधारभूत तह कक्षा १-८ संञ्चालित सबै विद्यालय र माध्यामिक तह तर्फ ८ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गरिने नगरपालिकाले जनाएको छ ।
खस्किदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने निणर्य गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभएको छ । यसै गरि सबै सरकारी कर्मचारी जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले पनि आफ्ना नानिबाबुहरुलाई सामुदायिक विद्यालयमा पढाउन समेत नगरप्रमुख खाँणले आग्रह गर्नुभयो ।
वालिङ नगरपालिका भित्रका शिक्षहरुले आधारभूत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यामिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर उत्तीणर् गरेको अथवा १० वर्ष स्थायी सेवा र स्नातक गरेको शिक्षक प्रधानाध्यापक हुने कानूनी व्यवस्था नगरपालिकाले गरेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal