प्रभावकारी बन्दै ‘झोलाविहीन शुक्रबार’ अभियान
मीना कँडेल
कावासोती,१९असोज- पूर्वी नवलपरासीमा रहेका सामुदायिक विद्यालयले विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएका छन् । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको छ ।
पछिल्लो समय विद्यालयमा शुक्रबार विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गर्ने गरिएको छ । विद्यार्थीलाई शैक्षिक ज्ञानमात्र नभई सीपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यावहारिक शिक्षा दिन थालिएको कावासोती –८ मा अवस्थित ज्ञानोदय माविका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समय बालबालिका आफैँ पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन इच्छुक देखाउने हुँदा हप्ताको एक दिन अर्थात् शुक्रबार विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउने गरेका छौं ।
“बालबालिकाले दैनिक रुपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गर्नसक्ने र बनाउन पनि सिक्ने हुँदा दुनाटपरी बनाउने, घरमा प्रयोग हुने नाङ्लाे बनाउने, घर लिपपोत गर्ने, विद्यालयमा सरसफाइ र प्लम्बिङसम्बन्धी ज्ञान दिँदै आएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।
यस्तै, कावासोती वडा २ को नवदुर्गा आधारभूत विद्यालयमा पनि विद्यार्थीलाई ‘झोलाविहीन शुक्रबार’ अन्तर्गत अतिरिक्त क्रियाकलापमा समावेश गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेले जानकारी दिनुभयो । विद्यालयमा वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफसँगै कक्षा ६, ७, ८ का विद्यार्थीलाई टपरी बनाउने, बत्ती काट्ने सीपमुूक शिक्षा दिनेगरेको उहाँले बताउनुभयो ।
देवचुली वडा –१ मा रहेकोे नेपाल आधारभूत विद्यालयले पनि विगत केही समय अगाडिदेखि विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । झोलारहित शुक्रबार अभियानमा विद्यालर्थीलाई विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दा व्यावहारिक ज्ञान हासिल गरेको नेपाल आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सदीक्षा भण्डारीले बताउनुभयो ।
विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइरहँदा नाटकलाई पनि विद्यालयले प्राथमिकतामा राख्ने गरेका छन् । विद्यार्थीमा विविधता नै नाटकको आवश्यकता भन्दै देवचुली वडा ७ मा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयले नाटक कक्षा सञ्चालनमा ल्याएको छ ।
अहिलेको युगमा बालबालिकालाई शैक्षिक ज्ञानमा मात्रै ध्यान दिनुभन्दा पनि विद्यार्थीको रुचि र उनीहरुको मनोबल बुझ्न आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै अन्य विविध क्रियाकलापमा समावेश गराउँदा विद्यार्थी स्वयंम्ले आफूभित्र भएका प्रतिभालाई उजागर गर्ने अवसर पाइरहेका छन् । विद्यालयमा सिकाइ क्रियाकलापको गुणस्तर वृद्धिका लागि “शिक्षासँगै इलम र जिम्मेवारी भन्ने भनाइको सारलाई आत्मसात् गरी सिकाइलाई जीवनाेपयोगी बनाउन आधारभूत ज्ञान, सरसफाइ र फोहाेरमैला व्यवस्थापन, स्थानीय संस्कृति एवम् ऐतिहासिक महत्वका स्थलको जानकारी विद्यार्थीले पाउनेगरेको कावासोती शाखा अधिकृत राजन पाण्डेले बताउनुभयो ।गोप
ताजा
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार





















