एमाले गण्डकी प्रथम प्रदेश अधिवेशन सुरु
रमेश पौडेल
पोखरा,१५असोज-एमालेको गण्डकी प्रदेश पहिलो प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको अधिवेशन मौसम खराबीका कारण जहाज नचलेपछि उहाँ आउन सक्नु भएन ।
अधिवेशनको उद्घाटन पार्टीका महासचिव शङ्कर पोख्रेलले गर्नुभयो । सो अवसरमा महासचिव पोख्रेलले गठबन्धन सरकारले देश समृद्धितर्फ नभई बरबादीतर्फ लगिरहेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले सुशासन र महँगी नियन्त्रण गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा (एमाले) पहिलो दल हुने दाबी गर्नुभयो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताउनुभयो । लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवालाई भ्रम छरिरहेको आरोप उहाँले लगाउनुभयो । उपमहासचिव गुरुङले गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभयो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचार र महँगीमा डुबेको आरोप लगाउनुभयो । एमालेका गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्टले पार्टीभित्र लोकतन्त्रको पूर्ण अभ्यास गरी नेतृत्व चयन गर्ने बताउनुभयो । उहाँले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनका लागि गण्डकी प्रदेशभरिका प्रतिनिधि पोखरा आएका छन् । आज र भोलि हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए भोटिङबाट नेतृत्व चयन हुने जानकारी दिनुभयो ।
एमाले गण्डकी प्रदेश अध्यक्षका लागि कृष्ण थापा, नवराज शर्मा, राजीव पहारी, मायानाथ अधिकारीलगायतको चर्चा छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो ।गोप
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















