एमाले गण्डकी प्रथम प्रदेश अधिवेशन सुरु

रमेश पौडेल

पोखरा,१५असोज-एमालेको गण्डकी प्रदेश पहिलो प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको अधिवेशन मौसम खराबीका कारण जहाज नचलेपछि उहाँ आउन सक्नु भएन ।

अधिवेशनको उद्घाटन पार्टीका महासचिव शङ्कर पोख्रेलले गर्नुभयो । सो अवसरमा महासचिव पोख्रेलले गठबन्धन सरकारले देश समृद्धितर्फ नभई बरबादीतर्फ लगिरहेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले सुशासन र महँगी नियन्त्रण गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा (एमाले) पहिलो दल हुने दाबी गर्नुभयो । 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताउनुभयो । लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवालाई भ्रम छरिरहेको आरोप उहाँले लगाउनुभयो ।  उपमहासचिव गुरुङले गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभयो । 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचार र महँगीमा डुबेको आरोप लगाउनुभयो । एमालेका गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्टले पार्टीभित्र लोकतन्त्रको पूर्ण अभ्यास गरी नेतृत्व चयन गर्ने बताउनुभयो । उहाँले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनका लागि गण्डकी प्रदेशभरिका प्रतिनिधि पोखरा आएका छन् । आज र भोलि हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए भोटिङबाट नेतृत्व चयन हुने जानकारी दिनुभयो ।

एमाले गण्डकी प्रदेश अध्यक्षका लागि कृष्ण थापा, नवराज शर्मा, राजीव पहारी, मायानाथ अधिकारीलगायतको चर्चा छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो ।गोप 

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal