स्याङ्जाका छ कैदीबन्दीको कैद मिनाहा
अर्जुन काफ्ले
स्याङ्जा,३असोज- संविधान दिवसको सन्दर्भ पारेर जिल्ला कारागार स्याङ्जाका छ कैदीबन्दीले कैद मिनाहा पाएका छन् ।
अदालतबाट तोकिएको कैद सजाय मध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलन ठीक भएका छ कैदीबन्दीलाई संविधान दिवसका अवसरमा सरकारले कैद मिनाहा गरेको हो ।
कैद मिनाहा हुनेमा तीन जना बहुविवाह, दुई जना डाँकाचोरी र एक जना सवारी ज्यान मुद्दाका रहेको जेल चूडामणि भण्डारीले बताउनुभयो ।
यहाँबाट १२ जनाको नाम कैद मिनाहाका लागि पठाएकोमा छ जनाको सिफारिस भएको जेलर भण्डारीले बताउनुभयो ।
डाँका चोरी मुद्दाका भीरकोटका मुम्मत बक्स मियाँको एक वर्ष पाँच महिना तीन दिन, फेदिखोलाका दिनेश कार्कीको एक महिना कैद सजाय माफी भएको हो ।
यस्तै, बहुविवाह मुद्दाका फेदिखोलाका ईश्वर कार्की र बिर्तामोड झापाकी कोपिला दर्जी सार्कीको समान चार महिना सात दिन तथा फेदिखोलाका जीवन कुमार कामीको तीन महिना १२ दिन कैद मिनाहा भएको भएको हो ।
यस्तै, सवारी ज्यान मुद्दाका रम्मा गाउँपालिका पाल्पाका नाम परिवर्तित एक जनाको सात महिना २० दिन कैद मिनाहा भएको भण्डारीले बताउनुभयो ।
१५ महिला र ३५ पुरुषको क्षमता रहेको स्याङ्जाको एक मात्र जिल्ला कारागारमा अब विभिन्न मुद्दा सात महिला र १५० परुषसहित १५६ बन्दी कैदी रहेका छन् ।गोप
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















