बटुवा डराउने टुनिबोटमा अस्पताल

अर्जुन काफ्ले 

स्याङ्जा,३१भदौ-कुनै समय स्याङ्जाको मालुङ्गा टुनिबोटलाई कुष्ठरोगी बस्ने ठाउँ भनेर चिनिन्थ्यो । गल्याङ नगरपालिका–१ मा पर्ने मालुङ्गा गए कुष्ठरोग सर्छ भनेर बाटो हिँड्नसमेत बटुवा डराउँथे ।  

टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुवाकोटका राजाले पाल्पा आक्रमणका लागि १९५२ बाट हातहतियार राख्न प्रयोग गरिएको ठाउँसमेत हो । 

हातहतियार राख्न प्रयोग गरेको १२० मिटर लामो इँटा र माटोले बनाएको दरबारलाई श्री ३ महाराज खड्गशमशेरले १९९७ सालमा नेपालभरका ४२२ कुष्ठरोगीलाई उपचार गर्न यही ठाउँको प्रयोग गर्नुभएको थियो । लामो समय कुष्ठरोगी बस्ने स्थान मालुङ्गा टुनिबोट अहिले अस्पतालमा रूपान्तरण भएको छ । यहाँ बिरामीले प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा पाउने गर्छन् । अहिले सरकारले सर्वसाधारणका लागि सुविधा सम्पन्न १५ बेडको स्वास्थ्य केन्द्र (अस्पताल) तीव्र रूपमा निर्माण गरिरहेको पनि छ । कुष्ठरोगी पोखरा पुनस्र्थापना भएसँगै कुष्ठरोग निवारण सङ्घसँग १९ रोपनी नौ आना जग्गा भाडामा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बनाएको र अहिले उक्त जग्गा अस्पतालको नाममा समेत आइसकेको छ । 

टुनिबोटमा बिरामीको सङ्ख्या घट्दै गएपछि बाँकी रहेका ८२ रोगीलाई कुष्ठरोग निवारण सङ्घले २०४६ सालमा पोखरा सारेको थियो । वडाध्यक्ष मणिप्रसाद बस्यालले कुष्ठरोगीलाई पोखरा सारेको चार वर्षमा पुरानो भवन फालेर प्राथमिक स्वास्थ्य केन्द्र बनाएर डाक्टरसहितको सेवा दिन थालिएको बताउनुभयो । 

२०४८ सालको निर्वाचनमा चुनाव प्रचारका क्रममा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग स्थानीयले स्वास्थ्य केन्द्र माग गरेसँगै २०५० सालमा सरकारले देशभर २० प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्दा यहाँ पनि बनेको हो । लामो समय कुष्ठरोगी बसेका कारण त्रासमा रहने टुनिबोटमा अस्पताल निर्माणसँगै अहिले स्थानीयसमेत हर्षित भएको बस्यालले बताउनुभयो । 

नयाँ अस्पताल भवन १० करोड २० लाख ५७ हजार १८ रुपियाँ १७ पैसामा निर्माण कम्पनी सिनर्जी शङ्खदेवी काठमाडौँले दुई वर्षमा सक्ने गरी २०७८ जेठ ३० गते सम्झौता गरेको थियो । म्याद सकिए पनि अस्पताल निर्माण भने ४० प्रतिशत मात्र भएको छ ।  स्वास्थ्य केन्द्रले मात्र स्थानीयलाई उपचार पर्याप्त नभएपछि यहाँ सरकारले अस्पताल निर्माण अगाडि बढाएको बस्यालले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रबाट पाउने सेवाबाहेक अन्य उपचारमा पोखरा र पाल्पा जाने स्थानीय सर्वसाधारणले अस्पताल निर्माणसँगै गाउँमै एक एमडी, तीन एमडी (विशेषज्ञ) सहितको सबै सेवा पाउने छन् ।  स्थानीय तुलसी भण्डारीले कुष्ठरोगीसँगै आफूले चार वर्ष कुष्ठरोगीको उपचारमा काम गरेको बताउँदै यहाँ ल्याएका कुष्ठरोगीहरू उमेरका कारण धेरै मरेको र केही मात्र उपचारमा निको भएको बताउनुभयो । 

उपचारमा निको भएका घर नफर्केको बताउँदै भण्डारीले कुष्ठरोगीबाट स्थानीयमा त्रास रहे पनि काम गर्न सक्नेले गोरेटो बाटो बनाउने जस्ता सामाजिक क्षेत्रका काम गरेको बताउनुभयो ।गोप

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal