वालिङमा विद्यार्थीको रुचि सर्वेक्षण


गोपाल जिटी
वालिङ,१२ भदौ-वालिङमा विद्यार्थीहरुको रुचि सर्वेक्षण कार्यक्रम २०८० को सुरु गरिएको छ । वालिङ नगरपालिका शिक्षा शाखाबाट विद्यार्थीहरुको रुचि सर्वेक्षण गर्ने जिम्मा पाएको सांस्कृतिक शोध गुठी, पिरामिड कुटी वालिङले मङ्गलबार वालिङ १० स्थित पूणर्ामृत भवानी माध्यमिक विद्यालयमा पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वालिङ नगरपालिका शिक्षा शाखा अधिकृत गीता पाठकले यस्तो कार्यक्रमले विद्यार्थीहरुको रुचि पत्ता लगाउन सहयोगी भूमिका निभाउने बताउनुभयो । शिक्षा शाखा अधिकृत पाठकले बालबालिकाहरुको बिभिन्न रुचि हुन सक्छन्, पढाइसँगै उनीहरुको चाहना अनुसारका क्षेत्रमा पनि प्रोत्साहन दिदै जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुको आन्तरिक तथा बाह्य रुचि सर्वेक्षण गरिएको छ । साहित्य, सङ्गीत, कला र भाषिक विधामा सुनाई, बोलाई, पढाई तथा लेखाई सम्बन्धी विषयमा बालबालिकाहरुलाई समूहगत प्रस्तुतिसहित सहभागी गराइएको थियो । कक्षा ४ र ५ का गरी ४६ जना बालबालिकाहरुमध्य सबैभन्दा बढिले नृत्यमा सहभागिता जनाएका थिए । जसमा नृत्यमा १३, गायनमा ८ र कविता तथा कथा वाचनमा ५ जनाले आ-आफ्ना प्रस्तुति राखेका थिए । रुचि अनुसारका प्रस्तुति दिन पाउँदा बालबालिकाहरु उत्साहकासाथ सहभागिता जनाएका थिए ।
पहिलो चरणमा वालिङ नगरपालिकाभित्रका आधारभूत तहका विद्यार्थीहरुको रुचि सर्वेक्षेण गरिने कुटीका संयोजक डा.अच्युतशरण अर्यालले जानकारी गराउनुभयो । कार्यक्रमका अवसरमा डा. अर्यालले करिव २ सय थान पुस्तक विद्यालयलाई प्रदान गर्नुभयो । बाल साहित्य र किशोर साहित्यसँग सम्बन्धित पुस्तकहरु डा. अर्यालले प्रदान गर्नुभएको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal