स्याङ्जामा आर्थिक मन्दीले व्यवसायीक फर्महरु बन्द हुने क्रम बढ्दो


कला राना
वालिङ,१५ साउन- आर्थिक मन्दीका कारण स्याङ्जामा व्यवसायीक फर्महरु बन्द हुने क्रम बढेको छ । जिल्लामा गत आर्थिक वर्षमा २६३ फर्महरु बन्द भएकाछन् । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा भन्दा आर्थिक वर्ष २०७९/०८० मा धेरै व्यवसायीक फर्महरु बन्द भएका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ८९ फर्महरु बन्द भएका थिए । गत आर्थिक वर्षमा बन्द हुने फर्महरुमा कृषि, पशुपंक्षी तथा व्यापारीक फर्महरु रहेकाछन् । पछिल्लो समय फेन्सी तथा कष्मेटिक पसलहरु पनि बन्द हुने क्रम बढेको छ ।
गत आर्थिक वर्षमा झण्डै ८ सय नयाँ उद्योग थपिएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षमा भन्द निकै कम हो । आर्थिक वर्ष २०७९/०८० मा पर्यटन तथा उद्योग कार्यालय स्याङ्जामा ७९८ उद्योग दर्ता भएकाछन् । दर्ता हुनेमा उद्योग र वाणिज्य गरी दुई थरीका उद्योगहरु रहेका छन् । उद्योग दर्तामा ५२६ र वाणिज्यमा २७२ उद्योग दर्ता भएकाछन् ।
उद्योग तर्फ उत्पादनमुलक उद्योग २१, कृषि तथा पशुपंक्षी फर्म ३४९, पर्यटन तथा होटल रेष्टुरेन्ट ७५, सूचना प्रविधि १ र सेवामुलक ८० गरी ५२६ उद्योग गत आर्थिक वर्ष दर्ता भएका थिए । त्यस्तै वाणिज्यतर्फ निजी २६७, साझेदारी ३ र प्रालि २ उद्योग दर्ता भएका कार्यालयका कम्प्युटर अपरेटर तथा योजना साखा प्रमुख कृष्ण लम्सालले जानकारी दिनुभयो ।
यसरी उद्योग दर्ताबाट कार्यालयले गत आर्थिक वर्षमा ५१ लाख ८६ हजार ४९७ रुपैँया राजस्व संकलन गरेको छ भने गत वर्ष कार्यालयले ७ पटक बजार अनुगमन कार्यक्रमहरु गरेको कार्यालयका अपरेटर लम्सालले बताउनुभयो ।
कार्यालयमा अघिल्लो आर्थिक वर्षमा ८९४ उद्योग र ६८४ वाणिज्य फर्महरु दर्ता भएका थिए । यसरी १ हजार ५७८ उद्योगहरु दर्ता हुँदा ७० लाख ४ हजार ३४५ रुपैँया राजस्व संकलन भएको थियो । यसरी अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा उद्योग तथा फर्महरु दर्ता हुने क्रम तुलनात्मक रुपमा घटेको छ । उद्योग दर्ता क्रम घट्नुमा आर्थिक तरलता, युवाहरु बैदेशिक रोजगारीमा आर्कषित हुनु मुख्य कारण रहेको कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो ।
ढकालले भन्नुभयो, “मुख्य त उद्योग दर्ता कम हुनुको कारण आर्थिक मन्दी नै हो । आर्थिक मन्दीका कारण देशभरी नै फर्म बन्द गर्नेको संख्या बढी छ भने नयाँ फर्म तथा व्यवसाय गर्ने घटेकाछन् । स्याङ्जामा पनि बन्द गर्ने बढेका छन् ।” प्रदेश सरकारले उद्योग व्यवसाय धरासयी बन्दै जाँदा राहतको प्याकेजका कार्यक्रमहरु ल्याएमा राहत हुने कार्यालय प्रमुख ढकालको भनाई छ । आर्थिक मन्दीका कारण व्यापार घाटा सहनु भन्दा फर्म नै बन्द गर्न थालेकाछन् । घरेलु तथा साना उद्योगको विकासले नै देशको समृद्धि हुने भएकाले यसका लागि तीनै तहका सरकार मिलेर उचित कदम चाल्नुपर्ने देखिन्छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal